नुवाकोट पान्डाँडाकी मुटुरोगी पुष्पा विकलाई आर्थिक सहयोग हस्तान्तरण, अर्घाखाँची डटकमको समाचारको प्रभावाकारिता वढ्दो (तस्बिर सहित)

डिआरजी सुमन
नुवाकोट, अर्घाखाँची अर्घाखाँची डटकम् (व्युरो) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा ७ नुवाकोट स्थित मुटुरोगले ग्रस्त १४ वर्षिया पुस्पा विकलाई अर्घाखाँची युएई आर्थिक बचत कोष भुमिकास्थान नगरपालिका वार्ड न.७ पान्डाँडा अर्घाखाँचीले संकलन गरेको सहयोग रक़म अर्घाखाँची डटकम व्युरोको टिमले एक कार्यक्रम का विच हस्तान्तरण गरेको छ ।
अर्घाखाँची डटकमले लिएको अन्तरवार्ताको प्रभावले गर्दा उक्त कोषका कोषाध्यक्ष राकेश रायमाझीको नेतृत्वमा नुवाकोट पान्डाँडा वाँसी स्थानीय बोम रायमाझी,मोहन रायमाझी,विजय रायमाझी, राजेन्द्र रायमाझी,विनोद रायमाझी, गोपाल रायमाझी , कमल मल्ल, शिव वहादुर केसी, संतोश जीएम , कृष्ण जीसी, यस्तै घोराखोरी देखी नेत्र क्षेत्री, हिमेन्द्र क्षेत्री,कृष्ण क्षेत्री, कृष्ण वली (सलेन्धारा), भविन्द्र जीसी (वाँदुका),गोविन्द थापा मगर (घोराखोरी), विष्णु मल्ल (सनपा पकले) र तारा केसी (लम्ची) लगायतको टिमले संकलन गरेको रक़म यसरी हस्तान्तरण गरिएको हो ।
वैदेशिक रोज़गारमा रहेता पनि सहयोगका काम गरेर समाजसेवी को उदाहरण पेश गर्नु भएको छ । आर्थिक संकलन गर्ने क्रममा आफ्नो खाजा ख़र्च कटाएर सवैले पच्चीस दिरामका दरले सहयोग गरेको “पुष्पा वचाउ अभियान” का प्रमुख राकेश रायमाझीले अर्घाखाँची डटकमलाई जानकारी गराउनु भएको थियो । यसरी १४ हजार संकलन भएको रक़म हस्तान्तरण गर्न अर्घाखाँची डटकम कै व्युरो तह नुवाकोट पानडाडामा पुगेको थियो । मेहरसिंह केसी,डिआरजी सुमन,दीपक भुसाल र वशन्त खड्का र मिना रायमाझीले सहयोग रक़म हस्तान्तरण गर्नु भएको थियो ।
अर्घाखाची डटकम प्रधान सम्पादक मेहरसिह केसीको प्रमुख आथित्यता, नेपाल पत्रकार महासंघ काठमाण्डौ सदस्य एवं अर्घाखाँची डटकम एडमिन व्युरो दीपक भुसालको विशिष्ट आथित्यता, डटकम मार्केटिंग मैनेजर वशन्त खड्का, प्रविधिक वन्धु नेपाल र शेषकान्त गैरेको अाथित्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय समाजसेवी कुल वहादुर रायमाझीको अध्यक्षता अर्घाखाँची डटकम समाचार सम्पादक,परराष्ट्र मामिला तथा व्युरो प्रमुख डिआरजी सुमनको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा कोषका सदस्य बोम रायमाझीको स्वागत मन्तव्य रहेको थियो । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम

अन्य समाचारहरु