ढाकावाङ्गमा सम्पन्न वार्ड स्तरीय भलिवल प्रतियोगीताको उपाधि बामरुक भलिवल समूह हंसपुरलाई (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ्ग, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा भएको वार्ड स्तरीय भलिवल प्रतियोगीताको उपाधि बामरुक भलिवल समूह हंसपुरले हात पारेको छ ।
‘शान्ति बिकास गतिशीलता र अनुसासन’ भन्ने नाराका साथ स्थापित ढाकावाङ्ग युवा परिषद्को आयोजनामा आयोजना भएको भलिवल प्रतियोगीतामा जिल्लाका विभिन्न ठाउहरु बाट ७ समुहकाे सहभागिता रहेको थियो ।
त्यसैगरी ढाकावाङ्ग युवा परिषद द्वतिय र हंसपुर भलिवल समूह तृतिय स्थान हासिल गरेकाे छ । बिजयि टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका बडा नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले नगर प्रमाण पत्र र मेडलले सम्मान गर्नु भएको छ । कार्यक्रम संचालनकाे लागि सहयाेग गर्ने विभिन्न व्याक्तिहरुलाई समेत धन्यवाद ज्ञापन गररिएकाे छ ।
भलिवल प्रतियोगीताको उद्घाटन समारोहमा गर्दै वडा अध्यक्ष थापाले खेलकुदलेनै राष्ट्रलाइ विश्वमा चिनाउने भएकाले खेलकुदको विकासमा सबै लाग्नुपर्ने बताउनु भएको छ । डिवाईसी अन्तर वडा स्तरीय भलिवल प्रतियोगीताको यो दोस्रो संस्करण भएको ढाकावाङ्ग युवा परिषद्ले जनाएको छ । 
परिषदका अध्यक्ष जितेन्द्र खत्रिकाे अध्यक्षता सतिव वावुराम पाैडेलकाे संचालन र कार्यक्रम संयाेजक जेम बहादुर खत्रिकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे ।

अन्य समाचारहरु