भगवतीमा आफ्नै घरमा गहना र पैसा चोरी गरेको आरोपमा एक महिला प्रकाउ

अर्घाखाँचीडट्कम संवाददाता
भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं ७ भगवतीको चौरमा एक महिलाले आफ्नै घरमा गहना र पैसा चोरी गरेको आरोपमा प्रकाउ परेकी छिन् । 
भगवतीको चौरकी सीता सुनारले  प्रहरी चौकी अर्घातोषमा आई आफ्नो घरको ढोका फोडी भित्र छिरी बाकसको कब्जा तोडी चोरले १ तोला सुनको गहना र नगद रु.५,०००/- लगायतका नागरिता र अन्य कागजात सहितको लेडिज पर्स चोरी लगेको भन्ने नाटक गरी मौखिक उजुरी दिएकी थिईन् । 
प्रहरीले उजुरी दिए लगतै घट्नास्थल पुगी अनुसंधान गर्दा त्यहाँ कुनै चोरी नभई निज स्वयमले अन्यत्रै लुकाइकी फेला परेको थियो ।
सुनारले समाजमा अशान्ती फैलाउन चोरी भएको भनि झुटो चोरी आतंक फैलाएको पाइएपछि उनलाई प्रहरीले प्रकाउ गरेको थियो । 
प्रहरी चौकी अर्घातोषले सोधपुछ गरी अब आइन्दा यस्ता काम गर्ने छैन भनि माफि मागेकोले उनका आफन्तहरुलाई चोरीएको भनिएका गहना र नगद रकम जिम्मा लगाई रिहा गरेको थियो । 

अन्य समाचारहरु