बल्कोटको रैनिपोखरीमा समुदायमा सरकारी वकिल र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे
रैनिपोखरी, मंसीर ४ अर्घाखाँची – ३०औं अन्तराष्ट्रिय बाल दिवसको अबसरपारी जिल्लाको छत्रदेब गाउँपालीक वडा नं.३ बल्कोटको रैनिपोखरीमा समुदायमा सरकारी वकिल कार्यक्रम र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ ।
राज्यले नागरिकमा सहज कानुनको पहुँच पु¥याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर रहेका छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् ।
अर्घाखाँची जिल्लाका ग्रामिण भेगका अधिकांश नागरिकलाई कानुन के हो थाहा छैन होला, कानुनी कामकाज र प्रक्रियाका विषयमा मात्र नभै अन्यायमा परे कहाँं जाने भन्ने कुरा पनि धेरै नागरिकलाई थाहा छैन । यि र यस्तै बिषयबस्तुलाई मध्यनजर गर्दे अर्घाखाँची जिल्लाका सरकारी वकिल समुदायमा गएर समुदायमा सरकारी वकिल कार्यक्रम सन्चालन गरीरहेका छन ।    
कार्यक्रममा जिल्ला सरकारी वकिल हरीप्रसाद घिमिरेले सरकारी वकिल कार्यलयको भूमिका, नयाँ अपराध संहिता र प्रभाबकारी न्याय लगायतका बिषयबस्तुमाथी प्रकाश पार्दे वडा कार्यालयमा भएका समस्याको समाधानको बारेमा समेत सहजीकरण गर्नुभएको हो । कार्यक्रममा नागरिकका गुनासा सुनेपछि घिमिरेले अहिलेपनि ग्रामिण क्षेत्रका नागरिकहरु न्यायको पहुँच सम्म आउन नसकेकाले हातेमालो गर्न जरुरी रहेको भन्दै अबका दिनहरुमा न्यायको पहुँचमा आउनु पर्ने कुरामा जोड दिनुभयो । उता ग्रामिण बस्तीका अधिकांश नागरिकमा अशिक्षा र चेतनाको अभावले गर्दा आफनो समस्या दवाएर राख्ने गरेको स्थानियको भनाई रहेको थियो ।
यस्तै प्रहरी निरीक्षक प्रकाश खत्रीले आत्महत्या र घटनास्थलको सुरक्षाको बारेमा सहजीकरण गर्नुभएको थियो भने जिल्ला बार एसोशियसनका का.बा अध्यक्ष बिजय कुमार केसी र जिल्ला कानुनि सहायता समिति अर्घाखाँचीका सदस्य अधिबक्ता टिका भुसालले कानुन सम्बन्धी बिभिन्न बिषयबस्तुहरुमाथी प्रकाश पार्नुभएको हो ।
कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल,उपाध्यक्ष तुलसादेबि श्रेष्ठ र वडानं.३ का वडाअध्यक्ष तेजप्रसाद खनाल,पत्रकार प्रेमनारायण आचार्य,श्याम घिमिरे,सुरज रायमाझी लगायतले मनतब्य राख्दै कानुनको सबैले पालनागर्नुपर्ने कुरामा जोड दिदै यस्ता प्रकारका कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी, महिला समूह, स्थानीय नागरीक समाज ,बुद्धिजिबि लगायतकको उल्लेखनिय उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला सरकारी वकिल कार्यालयका खरीदार सुनिता खनालको संचालनमा सम्पन्न भएको हो ।
पछील्लो समय सरकारी वकिल कार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाका बिभिन्न स्थानहरुमा पुगी जनतासंग सरकारी वकिल र समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभाबकारी रुपमा सन्चालन गर्दे आईरहेका छन ।

अन्य समाचारहरु