अर्घाखाँची आवासिय मा.वि. वेलवाटी चुत्राबेसीका बिद्यार्थीहरुसँग प्रहरीसंग १ दिन भ्रमण तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको चुत्राबेसी स्थित अर्घाखाँची आवासिय मा.वि. वेलवाटी चुत्राबेसीका बिद्यार्थीहरुसँग “प्रहरीसँग  १ दिन” भ्रमण तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 
समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार “प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम” अन्तर्गत आवासिय मा.वि. वेलवाटिमा कक्षा १० मा अध्ययनरत १९ जना छात्र र १५ जना छात्रा गरी ३४ जना बिद्यार्थीहरुलाई ‍जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा “प्रहरी संग १ दिन” भ्रमण तथा सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो । 
उक्त कार्यक्रममा प्रहरी प्रमुखसँग भेटघाट प्रहरी कार्यालय भवन अवलोकन, नागरिक सहायता कक्ष, प्रहरी परिचालन कक्ष (१०० र १०४ को प्रयोग ), अपराध अनुसन्धान कार्य, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, जनचेतना मुलक भिडियो प्रदर्शन, ट्राफिक नियम, घरेलु हिंसा, लैगिक हिंसा, महिला हिंसा, लागुऔषध, बिबाह, साईबर अपराध, बिबाह, जवरजस्ती करणी जस्ता बिषयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट , प्र.नि. प्रकाश खत्री र प्र.नि. सुरेश सुवेदीले प्रशिक्षण दिनु भएको थियो । 

अन्य समाचारहरु