अर्घाखाँचीमा सरकारी गाडीको दुरुपयोग गरे कारबाही, जिप्रकाद्धारा प्रथम चौमासिक अबधिमा सम्पादीत गरेका कार्यहरु सार्बजनिक

श्याम घिमिरे
मंसीर ६ अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आ.ब २०७६।०७७ को प्रथम चौमासिक अबधिमा प्रशासनले सम्पादीत गरेका कार्यहरुको बारेमा आज सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजनागरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सहजीकरण गर्दे प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्ला प्रशासन कार्यालयले चार महिनामा गरेका बिभिन्न कामहरुको प्रगति बिबरण पेश गर्नुभएको हो ।
प्रजिअ पौडेलले जिल्लाको शान्तिसुरक्षा,सुरक्षा समितिको काम,कार्यालयबाट गरीएका बिभन्न कामकार्यबाही , बिकास गतिबिधि, शुसासन, प्रबर्धनात्मक कार्य,चुनौति र समाधान लगायतका बिषयबस्तुमाथी प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट,शसस्त्र प्रहरी नायव उपरिक्षक माधव रेग्मी,प्रमुख अनुसन्धान अधिकृत विनय चर्तुवेदी, लगायको उपस्थिती रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको सञ्चालनमा सम्पन्न कार्यक्रम पत्रकार महासघका अध्यक्ष हिम जिसि लेकालिले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।
यसैबिच प्रजिअ पौडेलले सरकारी गाडीको दुरुपयोगगर्नेलाई कारबाही गरीने बताउनु भएको छ । पौडेलले पछील्लो समय जिल्लामा यसप्रकारका गतिबिधिहरु सार्बजनिक हुन थालेको भन्दै कोही कसैले सरकारी गाडीको दुरुपयोग गर्ने,अनाबश्यक ठाउमा सभारी साधनको प्रयोग गर्ने गरेको पाईएमा तुरुन्तै कारवाही गरीने बताउनु भयो ।

अन्य समाचारहरु