किमडाँडामा हिन्दु जागरण स्वयसेवकहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।   हिन्दु धर्म रक्षा परिषद नेपाल अन्तरगत हिन्दु जागरण स्वयसेवकहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै हिन्दु धर्म रक्षा परिषदका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले देसभर बाट यसरि हिन्दु धर्म सयमसेबक गठनगरि ५ लाख सयमसेबक तयार गर्ने उदेश्य अनुसार  अाफुहरु ले यो अभियान लाई सन्चालन गरेको बताउनु भयो ।
खनालले युवाहरु सयमसेबक गठन गरि अाफ्नो बौद्धिक सनातन धर्मको रक्षा र पालना गरेर हिन्दु धर्म रक्षाका लागि देसका सबै हिन्दुवादिहरु एकजुट भएर अाफ्नो धर्मको रक्षा गर्नु पर्ने बताउनु भयो ।कार्यक्रम हिन्दु  जागरण युवा सयम सेवक का जिल्ला अध्यक्ष नारायण खड्का को अध्यक्ष ता कृस्न भुसालको सन्चालनमा भएको कार्यक्रममा सयमसेवक का सचिब  दिपक अाचर्य सहसचिव नरेन्द्र रिजाल अभियान्ता राजकुमार श्रेष्ठ  बाबुराम खत्री राजु पन्थि  ऋषि अाचर्य  लगाएतको उपस्थिति रहेको थियोे
 भेलाले नेत्र पराजुली को अध्यक्ष तामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।जस्को उपाध्यक्षमा बाल बहादुर थापा लेखनाथ भुसमल सचिबमा रमेस मरासिनी सहसचिव मा ईन्द बहादुर खत्री कोषाध्यक्ष मा सुमन केसि रहनुभऐको राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य समाचारहरु