अड्गुरीमा नबनिर्मित स्वास्थ चौकी भवनको ५ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्रीद्धारा उद्घाटन

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड न.७ अड्गुरीमा रहेको अड्गुरी नबनिर्मित स्वास्थ चौकी भवनको उद्घाटन भएको छ ।  नबनिर्मित स्वास्थ चौकी भवनको आज एक कार्यक्रम बीच ५ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा पाँच नम्बर प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम, वार्ड अध्यक्ष गुनाखर अधिकारी लगायले शुभकामना मनत्ब्य राख्नु भएको थियो । कार्यक्रममा वार्डबासीहरु विभिन्न राजनैतिक दलका प्रतिनिधि जनप्रतिनिधि स्वयंसेविका लगायत स्थानीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

सुर्य भुसाल 
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची  जिल्ला को   पाणिनी गाउँपालिका  वार्ड न.७  अड्गुरीमा रहेको अड्गुरी स्वास्थ चौकीको नवनिर्मित भबन  एक समारोहबीच   हस्तान्तरण  गरिएको छ ।  
 ५ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा भबन हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा  प्रदेश सभा सदस्य रामजी प्रसाद  घिमिरे,  पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम,   उपाध्यक्ष लक्ष्मी गौतम वार्ड न . ५ का अध्यक्ष जिबलाल घिमिरे, पाणिनी गाउँपालिका स्वास्थ शाखाका सम्योजक  शेशकान्त घिमिरे,  धातिवाङ्ग स्वास्थ चौकीका प्रमुख मित्रदेव पौडेल लगायतको उपस्थितिमा भबन हस्तान्तरण गरिएको हो ।
दुई  करोड   सात लाख ८२ हजारको  लागतमा सङ्घिय कार्यान्वयन इकाई  रुपन्देहीको आर्थिक प्राबिधिक सहयोगमा  अर्घाखाँची इन्जिनियर्स एन्ड बिल्डर्स प्रा .लि.का प्रतिनिधि कृस्न प्रसाद बस्यालले  ठेक्का लिइ भवन निर्माण गरेको सघिय ईकाई कार्यनयन तथा सहरी बिकास भबनका ईन्जिनियर सन्तोष यादबले जानकारी दिए । कार्यक्रम वार्ड न. ७ का वडाध्यक्ष तथा स्वास्थय चौकी ब्यवस्थापन समितीका अध्यक्ष गुनाखर अधिकारीको सभापतित्व र तुल्सिराम पौडेलको संचालनमा सम्पन्न भएको थियो । 
कार्यक्रम भबन निर्माणमा दिनरात खटि गुणस्तरीय बनाउन सफल भएको भन्दै साईट ईन्जार्ज सन्तोष यादब सहईन्चार्ज जगत खनाल र निर्माण ब्यबसाहि कृस्न बस्याललाई दोषल्ला ओढाई  प्रमुख अतिथि सुदर्सन बरालले सम्मान सम्मान गरेका थिए। भबन निकै गुणस्तरीय बनेको भन्दै स्थानियले निर्माण व्यवसायी प्राबिधिकहरुको प्रसम्सा गरेका थिए ।