अर्घाखाँचीमा उप–निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने प्रजिअ पौडेलको दाबी

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची  मंसीर ७ । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले उपनिर्वाचन भयरहित तवरबाट सम्पन्न हुने बताउनुभएको छ । 
सन्धिखर्क एफएम संग सनिबार बिशेष कुराकानी गर्दे पौडेलले जिल्लाको मालारानी गाउँपालीका वडानं.३ मा मंसिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष,व्यवस्थित, सुरक्षित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने बताउनुभयो । 
उहाँले निर्वाचनमा ढुक्क भएर मतदानगर्न सबै मतदाताहरुलाई आग्रह समेत गर्नु भयो । 
यसैबिच प्रजिअ पौडेलले राजनितिक दल तथा उम्मेदवारलाई आचारसंहिता पुर्णरुपमा पालना गर्न सचेत पनि गराउनु भयो । 

अन्य समाचारहरु