शोभाखर पन्थी
मालारानी, अर्घाखाँची /मंसिर ८ । नजिकिए सँगै मालारानीमा चुनावी चहल पहल बढेको छ । विभिन्न राजनितीक दलका नेता तथा उम्मेदवारहरु अहिले मत माग्नको निम्ति जनताको घर घरमा पुगेका छन् ।
उम्मेदवार हरुले आफ्नोतर्फबाट भावियोजना बताउने गरेका छन् भने दलका नेताहरुले बिगतको समिक्षा र पार्टीको दृष्टिकोण माथि प्रकास पार्दै आएकाछन् । तत्कालीन नेकपा एमाले बाट निर्वाचित लोकप्रिय नेता जीवन कुमार चौहानको दुर्घटनामा परि २ बर्ष पहिले निधन भएपछि रिक्त अध्यक्ष पदमा नेकपाले पार्टी र जनता बीच स्वच्छ छवि बनाएका नेता यमलाल खनाललाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा पराजित हुनुभएका नेता शोभाखर खनाललाई उम्मेदवार बनाएको छ । पार्टी एकता भएको अबस्थामा ठुलो मत अन्तरले चुनाव जित्ने नेकपाका नेताहरूको दाबी छ ।नेपाली कांग्रेसका नेताहरु पनि बाजि मार्ने गरि चुनावमा जुटेको बताउँछन् । मालारानी वडा नं. ३ मा वडा अध्यक्षको निम्ति निर्वाचन भएपनि नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली कांग्रेसले यो चुनावलाई जिल्लाको अस्तित्व संग जोडेर प्रचारमा लागेका छन् ।अहिले दलका जिल्लाका शिर्ष नेताहरू लाई मालारानी ३ मा देख्न सकिन्छ ।
यसैबीच नेकपा मालारानी ३ नम्बर वडा कमिटीको आयोजनामा खनारमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई सम्बोधन गर्दै रास्ट्रिय सभाका सदस्य तथा नेकपाका नेता चन्द्रबहादुर खड्काले मालारानिको बिकासको लागि बिगत देखिनै निरन्तर काम गरिरहेको भन्दै चुनावको बेला फैलाउने अफहाको पछी नलाग्न आग्रह गर्नु भयो ।चुनाबमा आफुले गरेको काम जनता माझ लिएर जान नसकेपछि हामिलाई समेत जनता माझ जान नदिन आचार सहिता उलंघन गरेको आरोप लगाउदै हिडेको खड्काले बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सद्स्य तथा नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले मालारानिको बिकासकालागी प्रदेश सरकारको तर्फबाट खानेपानी ,मोटरबाटोको स्तरउन्नतिकालागि पहल गरेको बताउनु भयो । खनार खजुना खानेपानी योजनाको काम बिकास बिरोधिहरुले रोकेपनी अब केही दिनमा उक्त योजना सुरुहुने र १ बर्ष भित्र सबैको घरमा धारा पुराउने प्रतिबद्धता जनाउनु भयो । नेकपाको तर्फबाट उम्मेदवार बन्नु भएका यमलाल खनालले मालारानीको बिकासकालागी निरन्तर लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियोे । कार्यक्रममा मालारानी ३ का कार्यबाहक अध्यक्ष दिपा पोख्रेलले वडा र गाउँपालिकाबाट गरेका बिकास निर्माणका कामको बारेमा जानकारी गराउनु भएको थियोे ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटीका सदस्य तथा क्षेत्र नम्बर १ ईन्चार्ज नरेन्द्र कुमार क्षेत्री ,प्रदेश कमिटी सदस्य छमकुमारी खनाल ,जिल्ला कार्यलय सद्स्य ,जनार्दन खनाल ,पिताम्बर भुसाल नेकपा मालारानिका अध्यक्ष सालिकराम आचार्य लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको संचालन नेकपाका नेता बलाराम खनालले गर्नु भएको थियोे ।