मालारानीमा नेकपाका युवाहरूको भेला सम्पन्न, सरकारको कामबाट प्रतिपक्ष अत्तालियोको टोप बहादुर रायमाझी दाबी

शोभाखर पन्थी 
मालारानी, अर्घाखाँची /मंसिर ०९ । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारको काम देखेर प्रतिपक्ष अत्तालिएको बताउनु भएको छ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय,सुशासन र बिकासको पक्षमा महत्वपुर्ण काम गरेकोमा प्रतिपक्षले सहयोग गर्नुको सट्टा अनर्गल गालिगलौंजमा उत्रिएको आरोप लगाउनु भयो । 
मालारानीमा आयोजित युवाहरूको भेलामा मन्तव्य राख्दै उहाँले समृद्ध राष्ट्र  र सुखि नेपालीको नारा साकार पार्ने सामर्थ्य वर्तमान सरकार र नेकपामा मात्र भएको दाबी गर्नुभयो  । २ दशक बढी सरकारको नेतृत्व गरेको कांग्रेसले एउटा पनि जनमुखी काम गर्न नसकेको भन्दै रायमाझीले नेकपाको सरकार र कम्युनिस्ट जनप्रतिनिधिले छोटो समयमा पनि सयौं उदाहरणिय काम गरेर जनता बीच लोकप्रियता हासिल गरेको बताउनुभयो । 
मालारानी वडा नं. ३ को बिकासको निम्ति केन्द्र ,प्रदेश र स्थानीय सरकार बाट करोडौं बजेट बिनियोजन भएको बताउँदै उहाँले घरघरमा पिउने पानीको धारा,सडकको स्तरउन्नती,प्राविधिक शिक्षालयको स्थापना,घरेलु तथा कुटिर उद्योगको स्थापना,युवा स्वरोजगार कार्यक्रम ,व्यवसायीक कृषि तथा फलफूल पकेट क्षेत्र निर्माण लाई  प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य समेत रहनुभएका रायमाझीले मालारानी वडा नं.३ मा हुन लागेको निर्वाचनमा नेकपाका उम्मेदवार लाई भारिमतले बिजयी गराउन आग्रह गर्नुभयो । यहाँको बिकासको निम्ति ३ वटै तहका सरकार र पार्टी प्रतिबद्ध छ भन्दै उहाँले अगाडि भन्नुभयो  तपाईंहरुले बिकास निर्माण र जनसेवामा निरन्तर खट्ने ईमान्दार ,जुझारु र बिकास प्रेमि नेता यमलाल खनाल लाई जिताउनु होस् । यमलालको जितले वडा नं.३ मा मात्र नभएर सिङ्गो मालारानी गाउँपालिका लाई समेत बिकास र समृद्धि तर्फ लैजाने उहाँको भनाइ थियो । 
कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले उपनिर्बाचनमा पराजय हुने निश्चित भएपछि कतिपय राजनीतिक दलले बिभिन्न अफहवा फैलाउदै हिड्ने काम भएको भन्दै मालारानी ३ मा नेकपा नेतृत्वले गरेका बिकाश निर्माणका काम लाई जनतामाझ लैजान नेकपाका युबाहरुलाई निर्देशन दिनु भयो । नेकपाको तर्फबाट वडा अध्यक्षको उम्मेद्धवार बन्नु भएका यमलाल खनालले जिबन कुमार चौहानले सुरुवात गरेका योजनालाई पूर्णता दिने र मालारानी ३ लाई नमुना वडाको रुपमा बिकाश गर्न निरन्तर लाग्ने प्रतिबद्धता जनाउनु भयो । 
 कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तथा नेकपा क्षेत्र नं १ का ईन्चार्ज नरेन्द्र कुमार क्षेत्री ,नेकपा प्रदेश कमिटी सदस्य छमकुमारी खनाल चिनारी ,  नेकपा जिल्ला कार्यालय सदस्य जनार्दन खनाल ,पिताम्बर भुसाल ,नेकपा जिल्ला सदस्यहरु दलबहादुर भट्राई , तिलक मिश्र , एमबी पाण्डे , नेकपा मालारानीका अध्यक्ष शालिकराम आचार्य , बालकृष्ण आचार्य ,प्रमिला क्षेत्री , दिपा पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।