सुर्य भुसाल
नुवाकोट, अर्घाखाँची । परिश्रमी सानाकिसान सहकारी संस्था भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ र ४ को दोस्रो बार्षिक साधरण सभा सम्पन्न भएको छ ।
साधारण सभाको भुमिका स्थान नगरपालिका का नगरप्रमुख रेसम बहादुर थापाले आज एक कार्यक्रमका बीचमा उदघाटन गर्नु भएको हो ।
साधारणसभाको उद्घाटन गदै नगर प्रमुख थापाले सहकारीको विकासले मात्र नगरको विकास हुने भन्दै यसको विकासको लागि सबै लाग्नुपर्ने बताउदै विगतमा सहकारी केही सिमित मानिसको झोलामा भएको बताउदै सहकारीलाई परिमार्जन व्यबस्थित गरेको खण्डमा नगरले उल्लेखनीय रुपमा सहयोग गर्न सक्ने बताउदै बास्तविक किसानले उत्पादनमा जोड दिएमा नगरले सहयोग गर्न बताउनुभएको थियो ।
एक फरक प्रसँगमा कुरा गदै नगर प्रमुख थापाले नगरले विकासको काममा तीव्र रुपमा अगाडी बढाएको बताउदै नगर भित्र अझै पनि अराजक कमिशन को लोभ रहेर विकास समृद्धी नचाहने केही तत्व रहेको त्यस्ता तत्वलाई परास्त गदै अगाडि बढ्नु पर्ने बताउनुभएको थियो कार्यक्रममा यसरी मन्तब्य राख्नेमा बक्तामा नेपाल कृषि सहकारी सघका कार्यक्रम अघिकृत बसन्त अर्याल फिल्ड कोडिनेटर उमा भुसाल वडा न ४ का अध्यक्ष बाबुराम पन्थी सुनार लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै सहकारीको विकासको लागि सबै लाग्नुको विकल्प नरहेको बताएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष कबिता पौडेलको अध्यक्षता सचिब पवित्रा भुसालको सञ्चालन उपाध्यक्ष जुना सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो