सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि घुम्टीसम्म १० दिन बन्द हुने

सुर्य भुसाल 
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । डिभिजन प्रमुख रिजाल गोरुसिङ्गे सन्धिखर्क सडक १० दिनका लागि बाटो चौडा गर्न र मोडहरु कटिङ गर्नका लागि बिहान ७ बजे देखि ११ बजे सम्म र दिनको १ बजे देखि ४ बजे सम्म सडक बिस्तारका लागि टाईम टेवल अनुसार सबारी साधन सन्चालन हुने भऐका छन  ।
नरपानी देखि घुम्टी सम्मको सडकका साघुरा  भएको कारण बढि दुर्घटना हुने गरेको ब्यापक  जनगुनासा अाएको कारण बाटो  फराकिलो गराउने योजना अनुसार १० दिन बिहान ७ बजे देखी ११ बजे सम्म र दिउसो १ बजे देखी ४ बजे सम्म सडक बन्द  गरेर काम लाई दुर्तगतिमा अगाडि बढाईने सडक डिभिजन कार्यालय शिवपुर का डिभिजन प्रमुख ईश्वर रिजालले जानकारी दिनु भयो ।
अाईतबार  सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको संयोजकत्वमा बसेको  यातायात ब्यवसायी सँगको छलफलले सडक निर्माणको १० दिन  सडक केहि समय का  लागि बन्द गरेर  काम गरिने सहमति भएको रिजालले बताउनु भयो ।
सडक साघुरो तथा धेरै घुम्टिहरु भएकोले बढ्दो दुर्घटना न्युनिकरणको लागि सडक चौडा गर्न सडक बन्द गर्नु परेको हो । बेलुका ४ बजे देखि अर्को दिन बिहान ७ बजे दिउस‍ो ११ देखि १ बजे सम्म बाटो सुचारु हुने प्रमुख जिल्ला अधिकारि बिजयराज पौडेलले जानकारी दिनु भयो  ।साना सबारि साधनहरु भने बैकल्पिक मार्गबाट सुचारु हुनेछन बैकल्पिक मार्गको रुपमा फुदवाङ किटेनि खाचिकोट सडक ढोरपाटन सडक प्रयोग गर्न सकिने छ । 
सिबपुर डिभिजनमा प्रमुख ईश्वर रिजाल अाएपछि अर्घाखाँची का धेरै सडकहरु मा गुणस्तरीय काम भईरहेको छ ।

अन्य समाचारहरु