नरपानीमा बस दुर्घट्ना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुग्यो (मृतक र घाइतेहरु नामावली सहित)

र्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बस नरपानीमा दुर्घट्ना हुँदा  ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । जसमा पुरुष १०, महिला ६, बालिका १, बालक १ रहेका छन् । 
हालसम्म सनाखत नामावली बिबरण यस प्रकार छ:- 
(१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
(२) माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
(३) मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
(४) बलराम भट्टराई, खाचिकोट डिहि
(५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु   
(६) राज कुमार महत,  २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
(७) सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गा.पा. ७ ( उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा)
(८) शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची
(९) शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाचिकोट 
भैरहवामा उपचार हुँदै गरेका घाइतेहरु: 
(१) कृष्ण बिक वर्ष ४०, अर्घाखाँची   
 (२) बोम बहादुर वर्ष ३५ अर्घाखाँची 
(३) बिष्णु विक वर्ष ३५, अर्घाखाँची 
(४) सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची 
(५) जीवन विक वर्ष २५, अर्घाखाँची  
बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु: 
(१) अन्किता थापा  वर्ष १५, सन्धिखर्क ६  अर्घाखाँची   
 (२) सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची 
(३) बिष्णु अधिकारी, अर्घाखाँची 
(४) लोकनाथ पाण्डे, अर्घाखाँची 
(५) सपना कुवर अर्घाखाँची 
(६) नन्द बहादुर बिक, अर्घाखाँची 
अन्य मृतकको सनाखत हुन सकेको छैन। बुधबार दिउँसो दिउँसाे १.३०  बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै)  कालाखोला / रातामाटामा अपरान्ह करिब ४ बजेतिर दुर्घटनाग्रस्त  भएको थियो । १७ जनाको घट्नास्थलमै र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा ठाडामा र एक जनाको उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा निधन भएको प्रहरी जनाएको छ । घटनामा ११ जना घाइते भएका छन् ।
स सडकबाट करिब  ५०० मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो। गोरुसिङ्गे सन्धिखर्क सडकको नरपानी – घुम्टीमा मंसिर १० गते देखि १० दिनका लागि बाटो चौडा र मोडहरु कटिङ गर्नका लागि भन्दै बिहान ७ बजे देखि ११ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म सडक बिस्तारका लागि टाईम टेवल अनुसार सबारी साधन सन्चालन हुँदै आएका थिए । 
दुर्घटनाको कारण एक्कासी जोडले ब्रेक थिच्दा बस अनियन्त्रित भई सडकको डिल भासिएर भिरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । बस चालक भर्खर सह चालकबाट बस चलाउन थालेको बताईएको छ ।  

 

अन्य समाचारहरु