नरपानी बस दुर्घट्नामा परि मृत्यु हुने १९ जना सबैको सनाखत (सबै मृतक र घाइतेहरुको अवस्था, नामावली सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नरपानीमा हिजो बुधवार भएको यात्रु वाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुगेको छ । भने १८ जना घाइते भएका छन् । सन्धिखर्कबाट दिउसो १ः३० बजे बुटवलका लागि छुटेको पश्चिम नेपाल बस व्यबसायि प्रालीको लु.२ ख २१४८ नम्बरको यात्रुबाहक बस सन्धिखर्क –६ नरपानी स्थित रातामाटाको भिरमा दिउसो ३ : ५५ बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि मृत्यु हुने १९ जना  सबैको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा:
१) शिवलाल भट्टराई,  वर्ष ५६ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
२) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
३) शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई
४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
५) सिता बस्नेत,  २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु
६) शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९  , ठुला डेभा  ( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )
७) छवीलाल गैरे, वर्ष ५४  भूमिकास्थान नगरपालिका – १० 
८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष  गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने 
९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )
१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका –  ७ खाचिकोट काउले  
११) राज कुमार महत, वर्ष २७  (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी)  गुल्मी धुर्कोट गा.पा.२   पलधारा साबिक ३बन्ज्याङ   
१२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २ 
१३) सिता घिमिरे  वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१४)  बिष्णुमाया गैरे   वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१५) मैघनाथ जैसी भण्डारी   वर्ष ५१ भूमिकास्थान नगरपालिका ७
१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १ 
१७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८
१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी  
१९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी 
 घाईते हुने र उनिहरुको अवस्था:-
चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :
१) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला   अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।
२) नन्द बहादुर बि.क,   वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।
३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६  खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।
४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड  नं.६ खाँचीकोट – टाउकोमा चोट, अवस्था- मध्यम ।
५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका –  ६  गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।
६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।
भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-
१) कृष्ण बि.क. वर्ष ४१,  पाणिनी गाउँपालिका वार्ड नं.७  चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।
२) विष्णु बि.क., वर्ष ३५  पाणिनी गाउँपालिका वडा नं.७  दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।
३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- समान्य ।
४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला  ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।
५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८  अवस्था- सिरियस ।
६) सरस्वती भट्टराई, वर्ष २३  सन्धिखर्क नगरपालिका – ४  दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।
७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४  टाउकोमा चोट, अवस्था- मध्यम ।
८) स्पर्ष पोखरेल, ३ वर्ष,  कपिलवस्तु बाणगंगा नगरपालिका  – टाउकोमा चोट, अवस्था- मध्यम ।
९) विमला पोखरेल,  वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका   ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)
बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ
१)  प्रशान्त सुबेदी, बर्ष ३३  दाङ राप्ति गा.पा.९  टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।
अन्य घाईते
१. एन्जल भट्टराई,  वर्ष ३ सन्धिखर्क नगरपालिका – १  टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।
२. लोकनाथ पाण्डे, वर्ष १९  छत्रदेव गाउँपालिका वडा नं. ७  हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)
 

अन्य समाचारहरु