अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं , मङ्सिर १२ । अर्घाखाँचीको नरपानीमा मंसिर ११ गते भएको बस दुर्घटनामा ज्यान गुमाउनु हुनेहरुको दिबंगत अात्मको चिरशान्ति को कामना र घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित काठमाडौं को माइतीघर मण्डलामा दिप प्रज्ज्वलित गरि अर्घाखाँची बासीले कार्यक्रम सम्पन्न गरेका छन ।
अर्घाखाँची युवा एकता समाज, लाइन्स क्लव अफ काठमाडौं सेन्टरल लुम्बिनी , जोडिनुस जिल्ला संग अभियानको संयुक्त टिम ले बिहीबार ५ बजे दिप प्रज्ज्वलित गरि सम्झेका हुन ।
उक्त कार्यक्रममा अर्घाखाँची घर भइ काठमाडौं लाई कर्मथलो बनाउने कलाकार , समाज सेवी , व्यवसायी, विद्यार्थीहरुको समेत सहभागीता रहेको काठमाडौं बाट अर्घाखाँची कि मोडल तथा डान्सर सरिता क्षेत्री , अभियान्ता सचिन पान्डेले जानकारी दिएका छन ।