नरपानी बस दुर्घटना प्रति काङ्ग्रेस प्रदेश ५ संसदीय दलका सचेतक निर्मला क्षेत्रीद्वारा दु:ख व्यक्त

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   नेपाली काङ्ग्रेस प्रदेश ५ संसदीय दलका सचेतक निर्मला क्षेत्रीले अर्घाखाँचीको नरपानीमा भएको सवारी दुर्घटना प्रति एक प्रेस विज्ञप्ती जारी गदै  गहिरो दु:ख व्यक्त गर्नु भएको छ । 
सन्धिखर्कबाट बुटवलको लागि बुधबार दिउसो १:३० बजे छुतेको बस नरपानीमा दुर्घटना हुँदा निधन हुनेहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गर्नुभएको छ ।
उहाँले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको  प्रभावकारी उपचारको  लागि संबंधित निकायको ध्यानाकर्षण समेत गराउनु भएको छ । सचेतक क्षेत्रीले जिल्लामा पटक पटक सवारी दुर्घटना हुने गरेको प्रती चिन्ता प्रकट गर्दै दुर्घटना हुनुको कारण पत्ता लगाई तत्काल समस्याको पहिचान गरि सरकार र  संबंधित सरोकारवालालाई दीर्घकालीन समाधानका लाग्न समेत आग्रह गर्नु भयको छ ।  
सन्धिखर्क नपा ६ नरपानीमा लु.२ ख २१४८ नम्बरको बस दुर्घटना हुँदा ११ पुरुष,६ महिला ,१ बालक,१ बालिका समेत १९ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् ।

अन्य समाचारहरु