अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) १३ मसिर । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न ४ वाङ्लामा लैगिङ्ग हिसा विरुदको १६ दिने अभियानको विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सन्धिखर्क नगरपालिकाको आयोजना वडा न ४को सहआयोजना सम्पन्न कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले समाजमा लैगिङ्गताका आधारमा गरिने विभेदले केही असहज पैदा गरेको भएतापनि मुलुकमा आएको परिबर्तनले ती हिसाहरु अन्त्य हुदै गएको बताउदै हिसा अझै पनि अशिक्षित अज्ञानताको कारणले केही मानिसमा देखा परेको भएतापनि त्यस्ता समस्याको न्युनिकरणको लागि वडा वडा बस्ती बस्तीमा सचेतनामुलुक सशक्तिकरणका कार्यक्रम चलाउनु पर्नेमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
एक फरक प्रसँगमा कुरा गदै नगर उपप्रमुख विकले हिसाको अन्त्यको लागि सन्धिखर्क नगरपालिकाले विशेष कार्यक्रम ल्याएको बताउदै यसमा सहयोग गर्नकोे लागि सबै सरोकारवाला निकाय आम बुद्धिजिवी नगरबासी सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा यसरी मन्तब्य राख्नेमा शाखा अघिकृत मन्जु खनाल नेपाल कम्युनिस्ट पार्टीका –नेकपा नेता गोविन्द विक नेपाली काँग्रेसका नेता मोहम्मद शशिदिन मिया राष्ट्रिय जनमोर्चाका गंगाराम अघिकारी राप्रपा शशदिन मिया जेष्ठ नागरिक समाजका अध्यक्ष निम बहादुर रिजाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै लैगिङ्गका आधारमा गरिने हिसालाई अन्त्य गनुपर्नेमा जोड दिएका थिए कार्यक्रम वडा न ४ का वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता कार्यपालिका सदस्य मान बहादुर सुनारको स्वागत मन्तब्य पुष्पा भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।