मालारानी गाउँपालिका ३ मा उपनिर्वाचन शान्तीपूर्ण रुपमा शुरु, आजै गणना हुने

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ को वडाअध्यक्ष पदको लागि आज शनिवार  उपनिर्वाचन शान्तीपूर्ण शुरु भएको छ । 
अहिले आदर्श माबि खनदहमा मतदान शान्तिपूर्ण रुपमा शुचारु भएको छ ।  
निर्वाचनको लागि २ स्थलमा ४ मतदान केन्द्र तोकिएको मुख्य छ । आदर्श माबि खनदह स्थलमा क ,ख र सुन्दरा माबि सातडाँडा स्थलमा क,ख मतदान गरि ४ मतदान केन्द्र तोकिएको हो । जसको लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी गरि १२ जना मतदान स्थलमा खटिएका छन् । मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना सुरू हुने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । 
 मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा कुल मतदाता संख्या ३ हजार ३१ जना रहेको छ । यहाँ ७५ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ ।
मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी १७६ जना, शसस्त्र प्रहरी ११५ र नेपाली सेना २९ जना खटिएका छन् । ढुक्क भएर मतदान प्रक्रियामा सहभागि हुन मतदातालाई पौडेलले आग्रह गरे । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी साधन बाहेक अन्य निर्वाचनको अबधीभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । चार मतदान केन्द्रमा १४७१ पुरूष १५४० महिला गरि जम्मा ३ हजार ११ मतदाता संख्या रहेको मालारानी तिनमा वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवार रहेका छन् ।  यहाँ ७५ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ ।
निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी सधान बाहेक अन्यलाई निर्वाचनको अबधिभर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।  
मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यलय खनदहले जनाएको छ।
 
२०७४ मा मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा नेकपा एमालेका अध्यक्ष जीवन चौहान सहितको  प्यानल विजयी भएको थियो । चौहानले १००४ मत ल्याई प्यानल विजयी भएका थिए । माओबादी केन्द्र र कांग्रेस गठबन्दनका शोभाखर खनालले ९६८ मत ल्याएका थिए । २०७४ सालको स्थानिय निर्वाचनमा मालारानी गाउँपालिकाको कुल मतदाता संख्या १८,६९० मा १३,६९१  – ७३।२६%  मत खसेको थियो । 
तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष जीवन चौहान २०७४ को मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परेका थिए । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुस महिनामा निधन भएको थियो ।  मालारानीको अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडा अध्यक्ष तत्कालिन नेकपा एमालेबाट निर्वाचित छन् । 

अन्य समाचारहरु