विष्णुकुमार आले,
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका ३ मा उत्साहजनक रुपमा मतदान जारी रहेको छ ।
३ वजेसम्म खनदह केन्द्रमा ११४५, सावडाँडा केन्द्रमा १०४६ गरी जम्मा २१९१ मत अर्थात ७२.७६% मत खसेको छ । शान्तिपूर्ण रुपमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिए ।
सो वडामा ३ हजार ११ मतदाता रहेका छन् । वडाध्यक्ष जीवन कुमार चौवानको ०७४ साल पौष १३ गते रूपन्देहीको रानीबगीयाँमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएपछि अहिले उप–निर्वाचन भएको हो ।
निर्वाचनको लागि २ स्थलमा ४ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । आदर्श माबि खनदह स्थलमा क, ख र सुन्दरा माबि सातडाँडा स्थलमा क, ख मतदान गरि ४ मतदान केन्द्र रहेका छन् । जसको लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी गरि १२ जना कर्मचारी मतदान स्थलमा खटिएका छन् ।
मतदाताले बिहान ७ बजेदेखि लाईनबद्ध रूपमा अनुशासित, मर्यादित शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । मतदाताले बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान सकिएपछि मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदह मै संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना सुरू हुने जिल्ला निर्वाचन कार्यालय अधिकृत लाल प्रसाद भुसाल शर्माले बताए ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी १७६ जना, शसस्त्र प्रहरी ११५ र नेपाली सेना २९ जना खटिएका छन् । वडा अध्यक्ष पदको उम्मेदवारमा नेकपाले यमलाल खनाल, नेपाली कांग्रेसले शोभाखर खनाल र राप्रपा नेपालले रणबहादुर खनाललाई उम्मेदवार बनाएको छ ।

२०७४ काे निर्वाचनमा तात्कालिन नेकपा माओवादि र नेपाली काँग्रेस काे गठवन्धनका उम्मेदवार शाेभाखर खनाललाई हराउँदै तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवन कुमार चाैहानले वडा अध्यक्ष पदमा निर्वाचीत हुनु भएको थियाे ।