अर्घाखाँचीडट्कम संवाददाता
गोरुसिंगे, कपिलवस्तु मंसिर १४ । अर्घाखाँची जिल्लाको अर्घा चप्रुङका धनराज पौडेलको कपिलवस्तुको गोरुसिंगेमा हत्या भएको छ।
पौडेलको आफ्नै कोठामा हत्या भएको अबस्थामा प्रहरीले भेट्टिएको थियो । पौडेलको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीले बताएको छ ।
पौडेल अर्घा चप्रुङकाबाट बसाइँ सराई गरि बुद्धभुमी २ गोरुसिंगेमा व्यवसाय गर्दै आएका थिए ।
घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक शुभास खडकाले बताउनु भयो ।