सन्धिखर्क बसपार्कमा टयाक्टरको ठक्करबाट दुई बालक गम्भीर घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क बसपार्कमा टयाक्टरको ठक्करबाट दुई बालक गम्भीर घाइते भएका छन् । 
लु.३ त १८१८ नम्बरको टयाक्टरको ठक्करबाट घाइते हुनेमा सन्धिखर्क नगरपालिका ६ नरपानी जगतका बर्ष ७ का गोकुल थापा र भुमिकास्थान नगरपालिका ६ खिल्जिका बर्ष ८ का अनुराग जिसी रहेका छन् ।
घाइते बालकहरुलाई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुन नसकेपछी मेडिकल कलेज भैरहवा पठाइएको छ ।    
  
प्रहरीले टयाक्टर नियन्त्रणमा रहेको र चालक पनि सामान्य घाइते अबस्थामा रहेकोले प्रहरीको निगरानीमा अर्घाखाँची अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 
Image result for सन्धिखर्क बसपार्क arghakhanchi

अन्य समाचारहरु