मैदानमा राधाकृष्ण युवा कल्वले संकलन गरेको रक़म मृगौला पिडीतलाई हस्तान्तरण (तस्बिर सहित)

प्रदिप सूर्यवंशी
मैदान, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । पाणिनी गाऊँपालिका ५ मैदानको उपल्ला अमजामा रहेको राधाकृष्ण युवा कल्वले संकलन गरेको सहयोग रक़म  पाणिनी ६ निवासी किड्नी पिडीत वीर वहादुर नेपाली लाई अर्घाखाँची डटकम् व्युरो प्रमुख डिआरजी सुमन तथा कल्वको अध्यक्ष हेमनाथ वेल्वासे द्धारा रु १४९०५ हस्तान्तरण गरेको छ । 
कार्यक्रममा समाजसेवी तुल्सीराम घिमिरेले कल्वको कामप्रती धन्यवाद दिदै सबैलाई आफू सक्दो पीडितलाई सहयोग गर्न समेत अपिल गरेका छन ।
कल्वको सातौँ स्थापना दिवसको अवसर पारेर यो कार्यक्रममा आमा समूह, जेष्ठ नागरिक,स्थानीय समाजसेवी,स्वतन्त्र पत्रकार पाँच नम्बर प्रदेश सहसचिव प्रदीप सुर्यवंशी र अर्घाखाँची डट्कम ब्युरो प्रमुख डिआरजी सुमनलाई अबिर र खादा ओढाएर सम्मान समेत गरेका थिए । 
यसै बर्ष २७,४०५ को भाडा खरिद गरिको गरी समाजमा हुने बिहे,बर्तबन्ध,पुजा लगायत समाज आईपर्ने भोज भतेरमा सदुपयोग गर्न भाँडाकुँडा पनि यो क्लबले खरिद गरेको र त्यो भाँडाकुँडा छविलाल न्यौपानेलाई जिम्मा दिएको छ ।
राधाकृष्ण युवा कल्वको अध्यक्ष हुमनाथ वेल्वासेको अध्यक्षता स्वतन्त्र पत्रकार डिआरजी सुमनको प्रमुख आथित्यता रहेको कार्यक्रम संचालक सदस्य दिनेश न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष जनक घिमिरेले गर्नुभएको थियो । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु