खाँचीकोटको फुदवाङ्गमा यात्रुवाहक बस र कार दुर्घट्ना

अर्घाखाँचीडट्कम संवाददाता 
फुदवाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङ्गमा यात्रुवाहक बस र कार दुर्घट्ना भएका छन् ।    
 बुटवलवाट सन्धिखर्क आउदै गरेकाे लु १ ख ८५२५ नं. यात्रुवाहक बस र सन्धिखर्कवाट बुटवल तर्फ जादैगरेकाे बा १९ च ८१४९ नं.काे प्राईवेट कार फुदवाङ्ग नजिकै एक आपसमा ठाेकिएर सामान्य दुर्घटना भएकाे हो । 
दुर्घटनामा कुनै किसिमको मानविय क्षति नभएता पनि भाैतिक क्षति भएकाे छ । दुर्घटना स्थलमा अहिले ट्राफिक प्रहरी पुगि सहजिकरणकाे भुमिका निर्वाह गरिरहेकाे छ ।

अन्य समाचारहरु