डिआरजी सुमन
धातिवाॅङ,अर्घाखाँची डटकम् व्युरो । पाणिनी गाँउपालिका वडा नं ६ धातिवाङ्ग स्थित दुवै मृगौला पिडीत १२ वर्षीय वीर वहादुर नेपालीले यतिवेला उपचारको लागी गरिवीको कारण आर्थिक सहयोगको माग्न गाँउ र शहर हिड्न वाध्य छन । यसै समयमा समाजमा आएका केही गलत र केही सत्य कुराहरुलाई लिएर उनको परिवारको वास्तविक अवस्था वुझ्नको लागी अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन,समाचार दाता दिनेश गैरे पिडितकै घरमा पुगी भिंडियों रिपोर्ट तयार गरेको छ ।

यसै समाजमा पिडीतहरुलाई सहयोग गर्नेहरु हात फैलाएर सहयोग गर्दैछन भने अर्कोतर्फ सहयोगी भावना नहुनेहरु राज्य ले सहयोग गर्छ वा पैसा मागेर उपचार नगरी घरखर्च चलाएको छ भनेर गलत र भ्रम फैलाउन पछि परेका छैनन् । अर्घाखाँची डटकमले यसै विषयमा कुराकानी गर्ने उद्देश्य लिएर ठुला पात्लामा पुगी पिडितको आमा वावा छिमेकि र जनप्रतिनिधी मार्फ़त यो विषयमा छलफल गर्दा यो भ्रम हो । यस विचराले उपचार गरी रहेको छ मनमा पाप हुनेहरुले यस्तो सोचेका छन भन्ने धारणा वडा सदस्य समेतको रहेको छ । वास्तविक गरीव हो एक महिना पनि घरखर्च चलाउन गाह्रो छ वारीमा उत्पाद हुने खाद्यान्नको भर छैन यसै क्षेत्रवाट निर्वाचित जन प्रतिनिधि पाणिनी ६ वडा सदस्य खगेश्वर पौडेलको भनाई छ ।

अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ किटेनी धरम्पानी घर भई हाल दुबईमा रोज़गार गरीरहेका युवा चिरन खड्काले अर्घाखाँची डटकम बाट आईरहेका समाचार देखी म पनि केही सहयोग गरौ भन्ने उद्देश्य लिएर आफै ब्याक्तिगत सहयोग गरौं भन्ने भावनाले आफ्नै साथिहरुसँग पहल गरी तीस हजार संकलन गरी अर्घाखाँची डटकम मार्फ़त विभिन्न पिडीतलाई हस्तान्तरण गर्न आग्रह गरे वमोजिम मृगौला पिडितलाई निवासमै पुगी नगद रु आठ हजार अर्घाखाँची डटकम व्युरो डिआरजी सुमन,संवाददाता दिनेश गैरे स्थानीय जन प्रतीनिधी खगेश्वर पौडेल मार्फ़त हस्तान्तरण गरिएको छ भने वाँकि एकजना जना मुटु पिडीत पुस्पा विक र खु्टा को समस्या भएका पिडित गंगा सागरलाई काठमाण्डू व्युरो दिपक भुसाल मार्फ़त टिचींग अस्पतालमै पुगी सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
पाणिनी ६ ठुलापात्लामा पाणिनी ६ का वडा सदस्य खगेश्वर पौडेल,स्थानीय तिलक मगर,श्याम वहादुर नेपाली,पिडितको आमा शान्ता नेपाली,वुवा नेत्र नेपाली र छिमेकि ताम व घर्तिको उपस्थितीमा नगद रु आठ हजार हस्तान्तरण भएको छ ।
तस्वीर दिनेश गैरे/अर्घाखाँची डटकम्