अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँचीकाे मालारानी गाउँपालिका वार्ड न ६ हंसपुरको बराहथान – सकिन्धारा -सोमरभोमर मोटरबाटो उदघाटन भएको छ ।
१२ वर्षपछि सुन्तला बगैचामा माेटरबाटो पुगेपछि स्थानीय बासिन्दा खुसि भएका छ्न ।
उक्त सडककाे राष्ट्रिय सभाका सदस्य तथा नेकपा नेता चन्द्रबहादुर खड्काले सुन्तलाको रिवन काटेर उद्घाटन गर्नु भएको थियोे ।
कार्यक्रममा प्रदेस सासद तथा नेकपा अर्घाखाँची अध्यक्ष चेतनारायण अाचर्य,नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र क्षत्री,मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, वार्ड अध्यक्षहरू नारायण अर्याल,शाेभाखर भुसाल,नरेन्द्रबहादुर बस्नेत,खड्क भुसाल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
स्थानिय जनताले जनप्रतिनिधिले गरेको बाचा पूरा गरेको भन्दै आफुहरुले सधै साथ दिने बताएका थिए ।