बाँगी ७ कुजेरीका क्यान्सर पिडित राकेश थापालाई आर्थिक समस्या

हरि कुँवर
मङ्सिर १७, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न.५ साविक बाँगी ७ कुजेरी निवासी क्यान्सर पिडित राकेश थापा लाई  आर्थिक समस्या परेको छ ।
पीडा माथी पीडा भएको छ । उनी माथि अर्को पिडा आईलागेको छ ।  थापाका एकल  छोरा १४ बर्षीय राजन थापा आगोले जलेका छन ।
आर्थिक अवस्था कमजोर भएका राकेश थापा को क्यान्सरले गर्दा दाहिने खुट्टा गुमाउनु परेको थियो । थापा को श्रीमती ,तीन छोरी , एक छोरा छन । घर खर्चको अभावले छोरीको नियमित पढाई समेत विग्रिएको उनको परिवारको भनाई छ ।
राकेश थापाका छोरा राजन थापा को दुवै खुट्टा र हात जलेको ले अपरेसन गरी सर्जरी गर्नु पर्ने डाक्टर ले बताउछन् । राजन को उपचार को लागी अनुमानित २०-२२ लाख खर्च आउने हुदा आर्थिक अभाव भएको हो । 
काठमाडौंको  कृतिपुर अस्पतालमा उपचार भइ रहेको छ । नवदिपयुवा क्लब ले सयोग गर्दै सयोग गर्न अपिल गरेको क्लबका अध्यक्ष सुर्य कुँवर ले बताए । अधिक जानकारी लिन परेमा पीडित को मोबाइल न. ९८४७२३७६९७

अन्य समाचारहरु