मङ्सिर १७, काठमाडौं । अर्घाखाँची- काठमाडौं मैत्रीपुर्ण वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
अर्घाखाँची जन्मघर भइ हाल काठमाडौंमा स्थाइ वा अस्थायी रुपमा बस्दै आएका सम्पुर्ण ब्यक्तिहरुलाइ एकै ठाँउ समेटिने गरि यहि मङ्सिर २१ गते सनिवार त्रिभुवन पार्क थानकोट मा मैत्रीपुर्ण वनभोज कार्यक्रम गर्न लागिएको आयोजक कमिटीका सदस्य प्रकाश ज्ञवालीले बताएका छन ।
भ्रमण बर्ष २०२० लाइ समेत लक्ष्यित गरि अर्घाखाँची को प्रयटन प्रवर्द्धन मा समेत यो बनभोजले सहयोग गर्ने आशा गरेका छन ।अर्घाखाँची का मौलिक कला संस्कृति लाइ समेत प्रस्तुत गरि सबै सामु पुर्याउने लक्ष्य राखिएको छ । कुनै क्षेत्र विशेष र कुनै राजनीति बिशेष नभै सम्पुर्ण अर्घाखाँची बासीलाइ समेटेर बृहत बनभोज गर्न लागिएको ज्ञवालिले जनाएका छन । विद्यार्थी हरुलाई समेटन सजिलो होस भन्ने उदेश्य ले टिकटको मुल्य ५०० मात्र राखिएको आयोजकले जनाएका हुन ।
कार्यक्रममा करिब ७०० जनाको उपस्थिति रहने आयोजक को अनुमान रहेको छ । जाने व्यक्ति हरुलाइ सजिलो होस भन्ने उदेश्य ले विभिन्न ठाँउ बाट यातायात को व्यवस्था समेत गरिएको आयोजकको भनाइ रहेको छ ।
अर्घाखाँचीका कलाकार हरुको उपस्तिथि मा विभिन्न सास्कृतिक कार्यक्रम समेत राखिएको सयोजक सुभाष ज्ञवाली ले बताएका छन ।
सम्पर्क को लागी मोबाइल न. – ९८५७०३७१४२, ९८५१२१२२११