श्याम घिमिरे
मंसिर १७ काठमाण्डौ – जनगायक जीवन शर्माको छोराको उपचारका लागि बिभिन्न देश र संघ संस्थाबाट सहयोग रकम जुटिरहेको बेला अर्घाखाँचीबाट पनि सहयोग रमक संकलन गरी हस्तान्तरण गरीएको छ । जटिल रोगका कारण बिगत केही महिना देखी त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा उपचारार्थ शर्माका माईला छोरा अमृत आचार्यको उपचारमा सहयोग पुग्ने हेतुले अर्घाखाँचीका युबा व्यवसायी तथा समामिक व्यक्तित्व कबिराम खनालको पहलमा अर्घाखाँची जिल्लामा बसोबास गर्ने बिभिन्न सहयोगी मनहरुबाट संकलन गरिएको रकम नगद रु १ लाख रुपैया जीवन शर्मालाई आईतबार एक कार्यक्रमा बिच काठमाण्डौमा हस्तान्तरण गरीएको संकलनकर्ता कबिराम खनालले जानकारी दिनुभयो । शर्माकोे मंगलबार अप्रेसन हुदैछ ।

निरन्तररुपमा जनताको पक्षमा गीत गाउँदै आउनु भएका वरिष्ठ जनगायक शर्माको परिवारलाई आइपरेको विपतमा साथ दिने मनासायले रकम संकलन गरेको खनालले बताउनु भयो । खनालले यो कार्यमा सहयोग गर्ने सबै सहयोगी मनलाई धन्यबाद समेत प्रकट गर्नुभयो । दशैंको दिन खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेर सिकिस्त बनेका शर्माको अन्ननलीमा हड्डी अड्कीएर इन्फेक्सन भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैबिच युबा व्यबसायी खनालले अर्घाखाँचीको ढाकावाङ्ग जन्मथलो भई हाल दाङको लालमटियालाई कर्मथलो बनाउनु भएका ढाकावाङ्गका पुरानाहस्ती एवं अखिल नेपाल शिक्षक संघका केन्द्रीय नेता तारा बेल्बासेको स्वास्थ्य उपचारकोलागी व्यक्तिगतरुपमा रु २० हजार सहयोग गरेको बताउनु भयो । काठमाण्डौको सहारा हस्पिटलमा उपचारार्थ बेल्बासेलाई उपचारको लागि दैनिक रुपमा रु ४ हजार खर्चहुने र अझै करीब ३ महिना हस्पिटलमै बसी उपचार गर्नु पर्ने भएकोले सहयोग स्वरुप उक्त रकम सहयोग गरेको खनालले बताउनु भयो ।