श्याम घिमिरे
सन्धिखर्क मंसिर १७ अर्घाखाँची – २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा सन्धिखर्क १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका छात्रछात्राहरुलाई एक कार्यक्रमका बिच शैक्षिक सामग्री वितरण गरीएको छ ।
सामाग्री बितरण कार्यक्रममा विद्यालयका प्रअ कमला भुसाल, राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश नं ५ सदस्य कमला परियार, बिष्नु प्रसाद भुसाल, कृष्ण भट्टराई, स्थानिय अभिभावक लगायतको उपस्थिति रहेको कमला परीयारले जानकारी दिनुभएको छ ।
यसबर्ष दिगो विकास लक्ष्य, अपाङ्गता मैत्री भबिश्य भन्ने मुख्य नारा सहित अन्तराष्ट्रिय अपाङ्गता दिवश मनाईएको छ ।