अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा शितगंगा नगर कमिटीले मंसिर ११ गते नरपानीमा दुर्घटनामा मृत्यु भएका शितगंगा नगरपालिका २ का सन्त बहादुर बस्नेत तथा सिता बस्नेतको दुखत निधन प्रति आज शोक सभा सम्पन्न गरेको छ ।
शोकसभामा बोल्दै नेकपा नेता तथा प्रतिनिधी सभा सदस्य चन्द्र बहादुर खड्का उज्वलले बढ्दो दुर्घटनाले गर्दा यस्ता दुखत घटना भएकोले अब गम्बिर हुने बेला आएको बताउनु भयो नरपानी दुर्घटनामा ज्यान गुमाउनेहरुका लागि भावनात्मक समबेदनाले मात्र आत्माले शान्ती नपाउने बताउदै अब त्यस्ता दुर्घटना हुन नदिन भएकाकमी कमजोरी सुधार गरेमा मात्र श्रदाञ्जली पुग्ने भन्दै अब राज्यको अंगमा भएका सम्पुर्ण सांसदहरु सुधारमा लागेको बताउनु भयो ।यस्तै मृतकका सन्तानहरुको लागि शिक्षा तथा अबसरको लागि पाटीले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यत गर्नु भयो ।
यस्तै प्रदेश सभा सदस्य रामजि घिमिरेले सडकको अबस्था सुधारको काम सुरु भएको बताउदै सडकको कारण अब दुर्घटना हुन नदिन सडक बिस्तारको काम सुरु भएको र अन्त्य गरेर अब यस्ता दुर्घटना न्युनिकरणमा ध्यान दिने बताउनु भयो । अर्घाखाँचीमा सवारीको चाप अत्याधिक रहेकोले पनि सडक बिस्तारको लागि पहल गरेको बताउदै अब केही दिनमै काम सुरुहुने बताउनु भयो ।
यस्तै नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य चेतनारायण आर्चायले एक होनहार ब्यति गुमाउदा सिंगो पाटी स्तब्ध भएको बताउनु भयो । दुर्घटनाको दिन उद्धारमा केही कमी कमजोरी भएकोले अब त्यस्ता दुर्घटना हुनै नदिने तर्फ ध्यान केन्दित गरेको बताउनु भयो ।
शोकसभामा नेकपा शितगंगा अध्यक्ष बसन्त श्रेष्ठले आफु समेत यस्तै दुर्घटनामा क्षति भोगेको स्मरण गर्दै शोकलाई शत्तिमा बदल्न अनुरोध गर्नु भयो । असमाहिक निधनले स्तब्ध भएको बताउदै मृतक १९ जना प्रति समबेदना प्रकट गर्नु भयो । यस्तै घाइते प्रति शिर्घ स्वास्थलाभको कामना गर्नु भयो । यस्तै शितगंगा क्षेत्रमा अत्याधिक चापमा ट्रिपरहरु सञ्चालन भएकोले आवतजावतमा समेत समस्या र त्रास समेत रहेकोले यस्को उचित ब्यवस्थापनको लागि प्रदेश सांसद तथा प्रतिनिधी सभा सदस्य सँग अनुरोध गर्नु भयो ।
यस्तै नगरपालिकाका उपमेयर टिका रेस्मीले समबेदना प्रकट गर्दै नगरपालिका र ब्यतिगत रुपमा परिवारले अपेक्षा गरेको सहयोगको लागि तयार रहेको बताउनु भयो । यस्तै सरस्वती माबिले बिद्यालयमा अध्यनरत मृतकका छोरालाइ कक्षा १२ सम्म पठनपाठनको लागि ब्यवस्था गर्ने प्रधानध्यापक खुम प्रसाद बेल्बासेले जानकारी गराउनु भयो । शोकसभामा नेकपा नेता पिताम्बर भुसाल, युवा संघ अध्यक्ष गोबिन्द आचार्य,शिबकला बिक,गोबर्धन थापा नेकपा शितगंगा नगरकमिटी कार्यालय सचिव ऋषि घिमिरे लगायत बिभिन्न नेता कार्यक्रताको उपस्थित रहेको थियो ।