अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची उद्योग बाणिज्य संघले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा संचालन हुने मेला महोत्सव प्रत्येक वर्ष गर्न नहुँने बताएको छ ।
महोत्सव आयोजना सुरुवत गरेको महोत्सव आयोजनाको संस्थापक संस्था अर्घाखाँची उद्योग वाणिज्य संघले हरेक वर्ष महोत्सव आयोजना गर्दा स्थानीय ब्यवसायीले आफुहरुलाई ब्यवसायमा नकारात्मक असर परेको गुनासो आइरहेकोले जिल्लाको हितमा नहुने भन्दै हरेक वर्ष महोत्सव आयोजना गर्न नहुने भन्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाललाई पत्रमार्फत आग्रह गरेको हो ।
पत्रमा कुनै पनि संघ संस्थाहरुले जिल्लामा महोत्सव संचालन गर्न चाहेमा अर्घाखाँची उद्योग बाणिज्य संघको अगुवाईमा मात्र आयोजना गर्न सकिने उल्लेख गरिएकाे छ ।
महासचिब प्रदिप मिश्रले महोत्सवको संस्थापक अर्घाखाँची उद्योग वाणिज्य संघ भएको र यस संस्थाले आयोजना गर्दा जिल्लाका ब्यवसायीलाई बढी फाइदा हुने गरि योजना बनाउने साथै आम्दानी सहि ठाउँमा सदुपयोग गर्ने बताउनुभयो ।
२०७६ साल मङ्सिर २० गते महासचिव प्रदिप मिश्रद्वारा हस्ताक्षरित पत्रबाट उद्योग बाणिज्य संघले गरेको बैठकको निर्णय सार्वजनिक गरिएको हाे ।
उता गत वर्षहरुमा महोत्सवले स्थानिय ब्यवसायी मर्कामा परेको भन्दै विरोध हुँदै आएको थियो । साथै महोत्सव आयोजनाका लागि अर्घाखाँची उद्योग वाणिज्य संघलाई दिन हुँदैन भन्दै विभिन्न संघ- संस्थाले सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदै आएका छन् ।
अर्घाखाँची जिल्लामा अहिलेसम्म ४ वटा मेला महाेत्सव लागिसकेका छन् तर प्रथम ,दोश्रो र तेश्रो महाेत्सव अर्घाखाँचीकाे हितमा हुन नसकेको आमजनताकाे गुनासाे छ ।
चौंथो अर्घाखाँची महोत्सव २०७५ पाैष २७ देखि माघ १० गते सम्म अर्घाखाँची उद्योग बाणिज्य संघकाे आयाेजनामा सन्धिखर्कमा सम्पन्न भएको थियोे ।