अर्घामा भगवती बचत तथा ऋण सहकारी संस्थाकाे १२ औ बार्षिक साधारणसभा सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घामा अर्घा भगवती बचत तथा ऋण सहकारी संस्था लि. काे १२ औ बार्षिक साधारणसभा एक भब्य समारोहबीच सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका का नगर उपप्रमुख ठाकुर कुमार बिक को प्रमुख आथित्यतामा शुरु साधारण सभा मा वडा न. ९ का वडा अध्यक्ष देब बहादुर रायमाझी ,वडा सदस्य बिष्णु आचार्य समाजसेवी राम बहादुर रायमाझी लगायत को उपस्थिति रहेको थियोे ।
सभामा मन्तव्य राख्दै प्रमुख अतिथि ठाकुर कुमार बिक ले भन्नू भयो विभिन्न ठाउँ हरुमा समूह बनाइ बचत गरेको पैसा बाट विभिन्न पेशा ब्याबसाय गर्ने हरुको निम्ति सहकारी हरु निकै सहयोगी बनेको प्रसङ्ग उल्लेख गर्दै यो सहकारी पनि सहयोगी संस्थाको रुपमा अगाडि बढोस भन्दै शुभकामना ब्याक्त गर्नु भएको थियो ।साथै उक्त सहकारी ले आफ्ना शेयर सदस्य हरु मध्ये बाट जेष्ठ सदस्य भिमार्जुन आचार्य ,जानकी देबि भुसाल तथा उत्कृष्ट कृषक शेयर सदस्य कुल बहादुर बिक लाई सम्मानित गरिएको थियो ।
साधारण सभाले शालिकराम भुसालको अध्यक्षता मा ७ सदस्यीय कार्यसमिति को समेत चयन गरेको छ जस्को उपाध्यक्ष मा मेघ बहादुर कार्की ,सचीव मा छबिलाल भुसाल , कोषाअध्यक्ष मा मनिराम भुसाल लगायत लाई सर्बसम्मत चयन गरेको छ । कार्यक्रम शालिकराम भुसाल को अध्यक्षता डिल बहादुर रानाको स्वागत मन्तव्य र छबिलाल चुदालिको संचालन मा सप्पन्न भएको थियो ।

अन्य समाचारहरु