ढिकुराको शारदा माबिलाई ५ थान कम्प्युटर हस्तान्तरण कार्यक्रम सम्पन्न

प्रकासित मिती: मंसिर १९, २०७६ 
बिन्दु घिमिरे 
ढिकुरा, अर्घाखाँची – लाईन्स क्लब काठमाडौं ढिकुरा समाजद्धारा भुमिकास्थान नगरपालीका ९ ढिकुरामा रहेको शारदा माध्यमिक बिद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । 
भुमिकास्थान नगरपालीका वडानम्बर ९ का वडाअध्यक्ष नारायण प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लाईन्स क्लब काठमाडौ ढिकुरा समाजका अध्यक्ष ढुडिराज भट्टराई, प्रधानध्यापक बिष्णु अधिकारी, बिद्यालय ब्यबस्थापन समीतीका पदाधीकारी लगायतको उपस्थिति रहेको थियो ।
बिद्यालय ब्यबस्थापन समीतिका अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष ढुण्डीराज भट्टराईलाई अभिनन्दन गरीनुका साथै बिद्यालयमा अध्यापनको लागि आउनुभएका नयाँ शिक्षिकालाई स्वागत समेत गरीएको हो । कार्यक्रम शिक्षक नबराज अधिकारीको सन्चालन र शिक्षक चेतनारायण बेल्बासेको स्वागत मनतब्यममा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु