सन्धिखर्कको ग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुलमा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची मंसिर २१   – सन्धिखर्क ग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुल सनपा २ को आयोजनामा कक्षा प्लेग्रुप, नर्सरी, एल.के.जी र यु.के.जी. सम्म अध्ययनरत विधार्थीका अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया कार्यक्रम सनिबार सम्पन्न भएको छ ।
बिद्यालयका प्रिन्सिपल टेक बहादुर थापाको अध्यक्षता, शिक्षक ओमप्रकाश पौडेलको स्वागत मन्तव्य, आर्थिक कोर्डिनेटर विशाल खनालको सहजिकरण तथा सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा सम्बन्धित कक्षाका शिक्षक, र अभिभावकहरु बिच समूह निर्माण गरि छलफल भएको होे ।
छलफलमा आएका विभिन्न सुझाव तथा गुनासाहरुलाई प्रिन्सिपल थापा र सहायक प्रिन्सिपल भुसालले सहजीकरण गर्दे बिद्यालयलाई सबै क्षेत्रबाट माथी उठाउन आफुहरु लागी परीरहेको बताउनु भयो । कार्यक्रममा उपस्थिति अभिभावकहरुले विधालयको शैक्षिक तथा भौतिक अवस्था अब्बल भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै शैक्षिक यात्राको शुभकामना समेत दिएका थिए ।
 

अन्य समाचारहरु