धारापानीबाट एक बिबाहित महिला बेपत्ता

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर – २ धारापानीको झल्कने पोखराबाट एक बिबाहित महिला बेपत्ता भएकी छिन् ।
धारापानीका संजु खड्काकी श्रीमती बिमला थापा गत मंसिर १३ गते शुक्रबारदेखि बेपत्ता भएकी हुन् । बिमला  उक्त दिन बिहान ७ बजे सन्धिखर्क जान हिंडेकी थिईन् ।
बिमला घरमा १ छोरा र १ छोरीलाई छाडेर कहाँ गईन् अहिलेसम्म थाहा हुन सकेको छैन् । परिवारले आफन्त लगायत सबै ठाउँमा खोज्दा पनि नभेटेपछि खोजीदिन प्रहरी र सम्पूर्णलाई अनुरोध गरेका छन् । 
बिमलाका श्रीमान् रोजगारिको शिलशिलामा भारतमा छन् ।   

अन्य समाचारहरु