सन्धिखर्कमा २८ औ दिगो विकासको लक्ष्य अपाङ्गमैत्री भविष्यको साताव्यापी कार्यक्रम सभापन

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अपाङ्गलाई सविधानले समान अघिकार दिइएको प्रदेश सभासद रामजी प्रसाद घिमिरेले बताउनुभएको छ । 
 सन्धिखर्क नगरपालिका आयोजना ज्च्म्ऋ सहयोगमा सञ्चालित २८ औ दिगो विकासको लक्ष्य अपाङ्गमैत्री भविष्यको साताव्यापी कार्यक्रमको आज सन्धिखर्कमा सभापन गदै प्रदेश सभासद घिमिरेले यस्तो बताउनुभएको छ । 
प्रदेश सभासद घिमिरेले सविधानले सबैलाई समान अघिकार दिइएको  र कोही बर्ग लाई विशेष अघिकार दिइएको बताउदै देश सघीय सरचना अनुसार केन्द्रिय स्वायत शासन स्थानीय सरकारमा हस्तानतरण भएकोले  सबैधानिक व्यबस्थालाई कार्यान्वयन  गर्ने क्रममा रहेकोले केही अफ्ठ्यारो परेकोे बताउदै प्रदेश सरकारले सघीय संरकारको सविधानलाई कार्यान्वयन गदै अगाडी  बढेकोे बताउदै अपाङ्ग क्षेत्रमा काम  गर्ने संस्थालाई विशेष क्षेत्राधिकार सहित काम खट्न निर्देशन दिदै आफ्नो प्रदेशमा पनि २ जना अपाङ्ग सभासद समेत रहेको राजनितिक दलले पनि अपाङ्गलाई बिशेष किसिमको जिम्मेबारी दिइएको बताउनुभएको छ
 एक फरक प्रसँगमा कुरा गदै प्रदेश सभासद घिमिरेले देशमा राजतिनिक क्रान्ति पूरा गरी  देश विकास समृद्धिको  यात्रामा रोलम्याप सहित अगाडि बढेको बताउदै सरकारले विकास निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै सरकारको समृद्ध नेपाल सुखी नेपालको नारालाई सार्थक दिलाउनको लागि सबैले सहयोग गनुपर्ने बताउदै आफुले अपाङ्गको क्षेत्रमा  प्रदेश सरकारबाट विशेष किसिमको पहल गरी युवा बर्षा जनता रविचित्र मावि निर्मल आधारभुत विधालयमा प्रदेश सरकारबाट गत साल बजेट ल्याउएको बताउदै केन्द्र सरकार प्रदेश स्थानीय सरकारले पनि अपाङ्गको क्षेत्रमा विशेष किसिमको  पहल गरी शिक्षा स्वास्थ्य रोजगारको लागि विशेष पहल गर्ने बताउनुभएको थियो ।   
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला न्याधिबक्ता हरि प्रसाद घिमिरेले कानुन चलायमान भएकोले कानुन कार्यान्वय  गर्ने निकाय  दरिलो हुनुपर्ने बताउदै अपाङ्गका आधारमा कानुन विपरीत कार्य गर्ने लाई उचित दण्ड र सजायको व्यबस्था गनुपर्ने बताउनुभएको थियो कार्यक्रममा यसरी मन्तब्य राख्नेमा सहायक प्रमुख जिल्ला अघिकारी विक्रम थापा निमिक्त समन्वय अघिकारी शकर भुसाल सिर्जनशील अपाङ्ग सरोकार केन्द्का अध्यक्ष फुर्सराम पाण्डे पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम ब जि.सी लेकाली ट्याक्सी व्यबसायी समितिका अध्यक्ष महेन्द्र प्रसाद भुसाल लंका यातायात व्यबसायी प्रालिका अध्यक्ष कृष्ण भुसाल पश्चिम नेपाल बस व्यबसायी समिति प्रा.लिका रुट इन्चार्ज रामु बस्नेत उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युबराज श्रेष्ठ लगायतका वक्ताले कार्यक्रममा मन्तब्य राख्दै अपाङ्गलाई सविधानले गरेको व्यबस्था अनुसार व्यबसायी र सरोकारवाला निकायले सहयोग गनुपर्ने बताउनुभएको थियो । 
कार्यक्रममा ज्च्म्ऋ का जिल्ला संयोजक लेखनाथ पोख्रेलले कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो कार्यक्रम सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर  कुमार विक किशोरको अध्यक्षता महिला तथा जेष्ठ नागरिक शाखा संयोजक पुष्पा भुसालको सञ्चालन शाखा अघिकृत मन्जु खनालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु