सन्धिखर्कको शान्तिबगैचामा नरपानी बस दुर्घटना मृतकहरुको १३ औ दिनको पुण्य तिथिमा दिप प्रजनन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको शान्तिबगैचामा मसिर ११ गते सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीको रातामाटामा भएको बस दुर्घटनामा परि मृत्यु भएका मृतकहरुको १३ औ दिनको पुण्य तिथिमा आयाेजित श्रन्दाजली दिप प्रजनन कार्यक्रम सम्पन्न भएको छ । 
१३ औ दिनको पुण्य तिथिमा आयाेजित श्रन्दाजली दिप प्रजनन कार्यक्रममा प्रदेस सासद रामजि प्रसाद घिमिरे नगर उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल जिल्ला समन्वय अधिकारि जगन्नाथ पन्त लगायतका कार्यालय प्रमुखहरु, यातायात ब्यबसायीहरु, कर्मचारी जनप्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रममा मृतकहरु सबैको आत्माको चीर शान्तिको कामना गरिएको थियो । बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको १३ औं दिनको पुण्य तिथिमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो । बस दुर्घटनामा परी १९ जनाको ज्यान गएको थियो भने १८ जना घाइते भएका थिए । घाइतेहरुको रुपन्देही र काठमाडौंमा उपचार भइरहेको छ । यता जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा भएको बस दुर्घटना र समग्र जिल्लाको यातायात व्यवस्था सुधारसम्बन्धी ९ सदस्यीय छानबिन समिति मंसिर १३गते गठन गरेको थियो ।
छानबिन समितिले १५ दिनभित्रमा प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र छानबिन समितिले पनि त्यही अनुसार काम गरेको छानबिन समितीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए ।  
मृत्यु हुनेहरुमा:
१) शिवलाल भट्टराई,  वर्ष ५६ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
२) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
३) शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई
४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
५) सिता बस्नेत,  २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु
६) शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९  , ठुला डेभा  ( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )
७) छवीलाल गैरे, वर्ष ५४  भूमिकास्थान नगरपालिका – १० 
८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष  गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने 
९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )
१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका –  ७ खाचिकोट काउले  
११) राज कुमार महत, वर्ष २७  (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी)  गुल्मी धुर्कोट गा.पा.२   पलधारा साबिक ३बन्ज्याङ   
१२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २ 
१३) सिता घिमिरे  वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१४)  बिष्णुमाया गैरे   वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१५) मैघनाथ जैसी भण्डारी   वर्ष ५१ भूमिकास्थान नगरपालिका ७
१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १ 
१७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८
१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी  
१९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी 
 घाईते हुने र उनिहरुको अवस्था:-
चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :
१) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला   अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।
२) नन्द बहादुर बि.क,   वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।
३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६  खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।
४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड  नं.६ खाँचीकोट – टाउकोमा चोट, अवस्था- मध्यम ।
५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका –  ६  गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।
६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।
भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-
१) कृष्ण बि.क. वर्ष ४१,  पाणिनी गाउँपालिका वार्ड नं.७  चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।
२) विष्णु बि.क., वर्ष ३५  पाणिनी गाउँपालिका वडा नं.७  दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।
३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- समान्य ।
४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला  ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।
५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८  अवस्था- सिरियस ।
६) सरस्वती भट्टराई, वर्ष २३  सन्धिखर्क नगरपालिका – ४  दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।
७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४  टाउकोमा चोट, अवस्था- मध्यम ।
८) स्पर्ष पोखरेल, ३ वर्ष,  कपिलवस्तु बाणगंगा नगरपालिका  – टाउकोमा चोट, अवस्था- मध्यम ।
९) विमला पोखरेल,  वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका   ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)
बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ
१)  प्रशान्त सुबेदी, बर्ष ३३  दाङ राप्ति गा.पा.९  टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।
अन्य घाईते
१. एन्जल भट्टराई,  वर्ष ३ सन्धिखर्क नगरपालिका – १  टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।
२. लोकनाथ पाण्डे, वर्ष १९  छत्रदेव गाउँपालिका वडा नं. ७  हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)

अन्य समाचारहरु