वाङ्लामा लैगिङ्ग हिंसा विरुद्धको १६ दिने अभियानको विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
वाङ्ला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर ५ वाङ्लामा लैगिङ्ग हिंसा विरुद्धको १६ दिने अभियानको विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । 
 कार्यक्रम सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
 सन्धिखर्क नगरपालिकाको आयोजना वडा न ५ को सहआयोजना सम्पन्न कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले समाजमा लैगिङ्गताका आधारमा गरिने विभेदले केही असहज पैदा गरेको भएतापनि मुलुकमा आएको परिबर्तनले ती हिसाहरु अन्त्य हुदै गएको बताउदै हिसा अझै पनि अशिक्षित अज्ञानताको कारणले केही मानिसमा देखा परेको भएतापनि त्यस्ता समस्याको न्युनिकरण गरी सम्भय समाज निर्माणको लागि वडा बस्ती बस्तीमा सचेतनामुलुक सशक्तिकरणका कार्यक्रम चलाउनु पर्नेमा जोड दिनुपर्ने बताउनुभएको थियो 
एक फरक प्रसँगमा कुरा गदै नगर उपप्रमुख विकले हिसाको अन्त्यको लागि सन्धिखर्क नगरपालिकाले विशेष कार्यक्रम ल्याएको बताउदै यसमा सहयोग गर्नकोे लागि सबै सरोकारवाला निकाय आम बुद्धिजिवी नगरबासी सबैलाई आग्रह गर्दे हिसा मानिसमा देखा पर्ने प्रबृति भएकोले यसको अन्त्यका लागि सबै लाग्नुपर्ने बिकको भनाइ छ । 
कार्यक्रम वडा न ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद भुसाल को अध्यक्षता महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा संयोजक पुप्पा भुसालको सञ्चालन मा भएको कार्यक्रममा बिधालयका प्रअ नाम बहादुर भाट पत्रकार माहा सघका प्रदेस सदस्य प्रेमनारायण अाचर्य लगाएतले मन्तब्य राखेका थिए बिधार्थि जनप्रतिनिधि हरुको सहभागी ता रहेको थियोे ।

अन्य समाचारहरु