अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी ( गोरुसिङ्गे-सन्धिखर्क ) सडक खण्ड क्षेत्रको मुख्य-मुख्य घुम्तीमा ४ वटा दुर्घटना सचेतनामुलक बोर्ड तथा ट्राफिक सङ्केत राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची तथा सन्धिखर्क नगरपालिका वडा नं.६ को संयुक्त प्रयासमा सवारी दुर्घटना न्युनिकरणको उदेश्यले जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी ( गोरुसिङ्गे-सन्धिखर्क ) सडक खण्ड क्षेत्रको मुख्य-मुख्य ( घुम्ती ) मा ४ वटा दुर्घटना सचेतनामुलक बोर्ड तथा ट्राफिक सङ्केत राखिएको हो ।
सचेतनामुलक संन्देशको लागि बोर्ड तथा ट्राफिक सङ्केतमा मोटरसाइकल नै झुन्डाएर “दुर्घट्नाक्षेत्र विस्तारै जानुहोस्” भनी लेखिएको छ ।
गत मसिर ११ गते सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीको रातामाटामा १९ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको थियो । उक्त दुर्घट्नामा १८ जना घाइते भएका थिए । यस क्षेत्रमा वर्षनी दर्जनौको दुर्घटनामा परी निधन हुँदै आएको छ ।