अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची उधोग वाणिज्य संघले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कसैलाई पनि अर्घाखाँची कृषि, पर्यटन तथा सांस्कृतिक महो्त्सव आयोजना नगर्न चेतावनी दिएको छ ।
अर्घाखाँची चेम्वर अफ कमर्स समुहले प्रथम अर्घाखाँची कृषि, पर्यटन तथा सांस्कृतिक महो्त्सव आगामी पुष २७ गतेबाट गर्ने भनी प्रचारबाजी गरेको बेला अर्घाखाँची उधोग वाणिज्य संघले आफुखुशी महोत्सव सन्चालन गर्ने तथा गराउने कार्य गरिएमा आफुहरुको सहमती तथा सहकार्य र अन्य आवस्यक सहयोग समेत नरहने बताएको छ ।
अर्घाखाँची उधोग वाणिज्य संघका महासचीव प्रदिप मिक्षले जारी गरेको प्रेस बिज्ञप्तिमा महोत्सव सन्चालनको अन्तिम जिम्मा लिने संस्थावाट विभिन्न किसिमका आर्थिक प्रलोभन देखाउने कारण महोत्सव सन्चालन अनुमतीका लागि मुलुकका धेरै स्थानमा धेरै व्यक्तिहरु विभिन्न संस्थाको नाममा सक्रिय बनेको भन्दै आफुखुसी महो्त्सव आयोजना नगर्न चेतावनी दिएको हो ।
बिज्ञप्तिमा भनिएको छ; बिर्सन नमिल्ने कुरा भनेको एउटा सानो पहाडी जिल्लामा बषैपीच्छे महोत्सव सन्चालन गर्नु भनेको बजार र ग्रामिण क्षेत्रमा रहेका व्यापार व्यवसाय बन्द गर्नु पर्ने अवस्था मात्र नभई व्यवसायीहरुलाई धरासयी बनाउनु पनि प्रमुख हो । जिल्लाका व्यापारी, कलाकार, कल्व तथा जिल्लामा भएको उत्पादनलाई उच्च प्राथमिक्तामा राखेर जिल्लाको माटो सुहाँउदो गरि सबैको सहमती, सहकार्य तथा अपनत्वका साथ महोत्सवको आयव्यय घामजत्तिकैई छर्लङ्ग पार्ने बातावरण सृर्जना गरि उपयुक्त समयमा कम्तिमा एक बर्षको फरक पारी विभिन्न संघसंस्था सँग व्यापक छलफल गरि मेला महोत्सव गर्नु उपयुक्त देखिने अर्घाखाँची उधोग वाणिज्य संघको ठहर रहेको छ।”
अर्घाखाँची उद्योग बाणिज्य संघले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा संचालन हुने मेला महोत्सव प्रत्येक वर्ष गर्न नहुँने बताउदै आएको छ ।
यसअघि महोत्सव आयोजना सुरुवत गरेको महोत्सव आयोजनाको संस्थापक संस्था अर्घाखाँची उद्योग वाणिज्य संघले हरेक वर्ष महोत्सव आयोजना गर्दा स्थानीय ब्यवसायीले आफुहरुलाई ब्यवसायमा नकारात्मक असर परेको गुनासो आइरहेकोले जिल्लाको हितमा नहुने भन्दै हरेक वर्ष महोत्सव आयोजना गर्न नहुने भन्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाललाई पत्रमार्फत आग्रह गरेको थियो ।
अर्घाखाँची जिल्लामा अहिलेसम्म ४ वटा मेला महाेत्सव लागिसकेका छन् तर प्रथम ,दोश्रो र तेश्रो महाेत्सव अर्घाखाँचीकाे हितमा हुन नसकेको आमजनताकाे गुनासाे छ ।
चौंथो अर्घाखाँची महोत्सव २०७५ पाैष २७ देखि माघ १० गते सम्म अर्घाखाँची उद्योग बाणिज्य संघकाे आयाेजनामा सन्धिखर्कमा सम्पन्न भएको थियोे ।
प्रेस बिज्ञप्ति यस्तो छ:
अर्घाखाँची उधोग वाणिज्य संघ व्यापारी, उपभोक्ता तथा समग्र जिल्लावासीहरुको हक हीतका लागि लामो समयदेखी क्रियाशील एक गरिमामय संस्था हो । यतिवेला जिल्लामा महोत्सव आफुहरुले सन्चालन गर्न पाउनु पर्छ वा त्यसलाई होईन यसलाई अनुमती दिनुपर्छ भन्दै केही आदरणीय व्यक्तित्वहरु सुस्म तवरवाट सक्रिय बनेको बजारमा चर्चा रहेको छ । महोत्सव सन्चालनको अन्तिम जिम्मा लिने संस्थावाट विभिन्न किसिमका आर्थिक प्रलोभन देखाउने कारण महोत्सव सन्चालन अनुमतीका लागि मुलुकका धेरै स्थानमा धेरै व्यक्तिहरु विभिन्न संस्थाको नाममा सक्रिय बनेको बुझिन्छ । महोत्सवको आम्दानी कुनै सिमित संस्था वा व्यक्ति विशेषको रजाईलाई भन्दा जनताको हितलाई पहिलो प्राथमिक्तामा राखिनु पर्छ । विगतले सिकाएको पाठ अनुसार महोत्सव जिल्लामा सन्चालन गरिदा के उपलव्धी भयो र के कस्ता जघन्य अप्राधहरु समाजमा घटीरहेका छन् भन्ने विषयलाई सबैजना एकै प्लेटफर्ममा बसेर समिक्षा गर्ने हो भने ठोस निष्कर्षमा पुग्न सकिन्छ । बिर्सन नमिल्ने कुरा भनेको एउटा सानो पहाडी जिल्लामा बषैपीच्छे महोत्सव सन्चालन गर्नु भनेको बजार र ग्रामिण क्षेत्रमा रहेका व्यापार व्यवसाय बन्द गर्नु पर्ने अवस्था मात्र नभई व्यवसायीहरुलाई धरासयी बनाउनु पनि प्रमुख हो । जिल्लाका व्यापारी, कलाकार, कल्व तथा जिल्लामा भएको उत्पादनलाई उच्च प्राथमिक्तामा राखेर जिल्लाको माटो सुहाँउदो गरि सबैको सहमती, सहकार्य तथा अपनत्वका साथ महोत्सवको आयव्यय घामजत्तिकैई छर्लङ्ग पार्ने बातावरण सृर्जना गरि उपयुक्त समयमा कम्तिमा एक बर्षको फरक पारी विभिन्न संघसंस्था सँग व्यापक छलफल गरि मेला महोत्सव गर्नु उपयुक्त देखिने अर्घाखाँची उधोग वाणिज्य संघको ठहर रहेको छ । यसको अलवा आफुखुशी वा माथि उल्लेख गरिएका कुराहरु भन्दा बाहिर गई महोत्सव सन्चालन गर्ने तथा गराउने कार्य गरिएमा अर्घाखाँची उधोग वाणिज्य संघको सहमती तथा सहकार्य र अन्य आवस्यक सहयोग समेत नरहने व्यहोरा जानकारीका लागि सम्वन्धीत सबैमा अनुरोध गरिएको छ ।
प्रदिप मिक्ष
महासचीव
अर्घाखाँची उधोग वाणिज्य संघ
मसिर २० गते शुक्रबार सन्धिखर्क नगरपालिकालाई पत्र: