चुत्राबेसीको गुण्टेखोलामा चालक तथा सहचालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेसीमा चालक तथा सहचालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।   
 सन्धिखर्क नगरपालिका वडा नं. १ गुण्टेखोला स्थित देउराली यातायात प्रा.लि.को सभाहलमा अर्घाखाँची जिल्लामा संचालनमा रहेका विभिन्न यातायात प्रा.ली.हरुमा चालक तथा सहचालकहरु गरी ९० जना लाई दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले सवारी दुर्घटना हुन नदिन अपनाउनु पर्ने सतर्कता चालक, सहचालक तथा सवारी धनीको दायित्व र जिम्मेवारी कानुनी प्रावधान ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।  
सचेतना मुलक प्रशिक्षण प्रमुख प्रहरी नायव निरीक्षक प्रकाश बिष्ट, निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे, जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख प्र.ना.नि.खेमानन्द काफ्लेले दिनुभएको थियो । 

अन्य समाचारहरु