अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा महिला हिंसा बिरुद्धको १६ दिनको अभियान समापन भएको छ ।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि ३ सय ६५ दिनको सजगता र तत्परता जरुरी रहेको सरोकारवालाले बताएका छन । समानताको पुस्ता ः बलात्कार बिरुद्ध एक्यबद्धता भन्ने मूल नाराका साथ सुरु भएको महिला हिंसा बिरुद्धको १६ दिनको अभियान समापन कार्यक्रममा बोल्दै सहभागीले दिवश मनाउने सांकेतिक दिन मात्रै भएको भन्दै गाउँ टोल र बस्ती बस्तीसम्म सामाजिक सचेतना जगाउनका लागि हरेक दिनको सजगता जरुरी रहेको बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले लैङ्गिक हिंसा न्युनिकरणका लागि सबै आ–आफ्नो ठाउबाट जुनसुकै समयमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्वासेले अभियानकै क्रममा पनि बिभिन्न ठाउमा लैङ्गिक हिंसा सम्बन्धी घट्नाहरु बाहिर आउनु दुखत रहेको भन्दै व्यबहारमा लैङ्गिक हिंसा अन्त्य गर्न तर्फ अबको समाज केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लैङ्गिक हिंसा बिरुद्धको अभियानमा बिभिन्न संघ संस्थाका बिभिन्न बिधामा सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनेमा सञ्चारकर्मीहरु बसन्त श्रेष्ठ, अनिल नेपाली, रुद्रमणि भुसाल, गोपाल भट्टराई, इन्सेक प्रतिनिधी नारायण भुसाल, यस्तै महिला तथा वालवालिकाको क्षेत्रबाट बेलकुमारी बञ्जाडे, सुनिता श्रेष्ठ, राधा नेपाली, खगिश्वरा बस्याल, बेलकुमारी परियार, पुष्पा भुसाल अपाङ्गगताको क्षेत्रबाट लेखनाथ आचार्य र फर्सुराम पाण्डे रहनुभएको छ ।
कार्यक्रममा लैङ्गिक हिंसा न्युनीकरणमा जिल्ला प्रहरी कार्यालयले गरेका गतिबिधीको बारेमा प्रहरी नायव उपरिक्षक प्रकाश बिष्ट, नगरमालिकाका गतिबिधीको बारेमा पुष्पा भुसाल र मानव अधिकारको बारेमा इन्सेक प्रतिनिधी नारायण भुसालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सरकारी वकिल हरिप्रसाद घिमिरे, प्रमुख अनुसन्धान अधिकृत बिनय चर्तुभेदी लगायतका महिला संघ संगठनका प्रमुख तथा प्रतिनिधीको आथित्यता रहेको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका उप–प्रमुख ठाकुर कुमार बि.क किशोरको अध्यक्षतथा, शिक्षा शाखा उपसचिव युगलनारायण बस्यालको स्वागत मन्तब्य र महिला तथा वालवालिका शाखा प्रमुख पुष्पा भुसालको सञ्चालन रहेको थियो ।