( प्रकासित मिती: २०७६ मसिर २४, मंगलवार)
सुर्य भुसल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रकाश सचेतन समूह (प्राग ) अर्घाखाँचीकाे १२ औ अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनको एक भब्य समारोहबीच प्रमुख अतिथि संविधान सभाका पुर्व सदस्य, ईन्सेक केन्द्रीय समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नजिर मियाँले मानबअधिकारको क्षेत्रमा कामगर्ने कुरा अत्यन्तै कठिन भएपनि यसको प्रभाबले समाजमा सकरात्मक परीबर्तन आएको बताउनुभएको छ । सामाजीक बिभेद्को अन्त्य र मानब अधिकारको संरक्षण र सम्बद्र्धनको क्षेत्रमा जिल्लामा बिभिन्न गतिबिधिहरु गर्दे आईरहेको प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीको १२ औं अधिवेशनको सोमबार सन्धिखर्कमा उद्घाटन गर्दे मियाँले यस्तो बताउनु भएको हो । मियाँले समाज परीबर्तनमा जिल्लामा प्रागको महत्वपुर्ण भुमिका रहेको बताउदै प्रागले गर्ने गतिबिधिले जिल्लालाई देशमै चिनाउन सक्षम भएकोको बताउनु भयो ।

प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरले मानब अधिकार, सरसफाई लगायतका महत्वपुर्ण क्षेत्रहरुमा प्रागले जिल्लामा अहम भुमिका निर्बाह गरेको भन्दै संस्थाको प्रशंसा समेत गर्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल ,युएनहेबिट्याडका जिल्ला संयोजक शिबराज न्यौपाने,प्रागका पुर्ब अध्यक्षहरू मोतिलाल खनाल,चन्द्रकान्त आचार्य,सनपा २ का वडाअध्यक्ष मोतिजंग रायमाझी ,अन्तर पार्टी महिला सन्जाल अध्यक्ष छमकुमारि खनाल,भगवती माबिका शिक्षक बिजुला रायमाझी ,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकालि,गैरसरकारी संस्था महासंघका अध्यक्ष ठाकुर अधिकारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संस्थालाई स्थापना समयदेखी सहयोग गर्ने संस्थाका पुर्ब अध्यक्षहरू,कर्मचारी ,बिद्यालयसरसफाइ कार्यक्रममा सहयोय पु¥याउने सहयोगि शिक्षकहरूलाई सम्मान समेत गरिएको थियोे । कार्यक्रम संस्थाका अध्यक्ष बाबुराम शर्माको अध्यक्षता,शुसिला गैरेको स्वागत मनतब्य र प्रेमनारायण गैरेको सन्चालनमा सम्पन्न भएको हो ।

यसैबिच अधिबेशनले पुनः बाबुराम शर्माको अध्यक्षतामा ९ सदस्यीय प्राग अर्घाखाँचीको गठन गरेको छ । जसको उपाध्यक्षमा लालमणि भुसाल, सचिवमा छमकुमारि थापा चिनारि र कोषाध्यक्षमा शुशिला गैरे चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा क्रमशः भोज बहादुर गन्दर्भ,कविता घिमिरे,दिपा आचार्य,हिम बहादुर जि.सि .लेकाली र नजिरमहमद मियाँ चयन भएको प्रागले जनाएको छ ।