अर्घाखाँचीडट्कम संवाददाता
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले ८ वटै वार्डमा एकीकृत घुम्ती शिबिर सम्पन्न गरेको छ ।
वार्डहरुमा पुगेर योजना सम्झौता, बैक खाता सन्चालन, अपांग परिचय पत्र बितरण लगायतका गाउँपालिकाबाट हुने सबै खालका सेवा जनताको घरमा पुगेर सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो । एकीकृत घुम्ती शिबिर मंगलवार छत्रदेब गाउँपालिका ८ अर्घातोषमा पुगेसँगै सम्पन्न भएको हो ।
सिहदरबारको अधिकार जनताको घरमा भन्ने कुरालाई सिरोधार्य गर्दै गाउँपालिकाले छत्रदेबका जनताको घरमा पुगेर सेवा दिने काम गरेपछि स्थानियबासी हर्सित बनेको प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले बताउनु भयो ।
छत्रदेव गाउँपालिकाले सेवाग्राहीलाई केन्द्र भागमा राखेर बिभिन्न कार्यक्रम तथा जनताका सरोकारका बिषय र सेवा सुविधाहरु लाई लिएर वाड वाड र टोल सम्म अभियान नै वनाएर पुगेको छ । छत्रदेब गाउँपालिकाकाले निरन्तर रुपमा आफना अभियानहरु सञ्चालन गर्दै आएको छ । गत मंसिर १८ देखी २४ सकिएको छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ प्रोख्रेलले बताउनुभयो ।
शिविरमा २ सय भन्दा बढि अपाङ्ग परिचयपत्र बितरण, १६५ सय जेष्ठ नागरिक परिचयपत्र बितरण, १ सय ९० योजना सम्झौता, १ सय ९० वैक खाता सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभयो ।
छत्रदेव गाउँपालिकाले बिभिन्न रचनात्मक काम गर्दै आईरहेको छ । शिबिरबाट छत्रदेव गाउपालिकाका सबै वार्डबासी लाभान्वित भएका छन ।