सन्धिखर्कमा विद्यालयका बालबालिकालाई कल्याणी सेवा नेपालद्धारा न्यानो कपडा बितरण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं  १ मा रहेको निर्मल सुस्त मनस्थीती विद्यालयका बालबालिकालाई कल्याणी सेवा नेपालले  न्यानो कपडा बितरण गरेका छन । 
शारिरिक तथा मानसिक रुपमा फरक क्षमता भएका बिद्यार्थीहरुले उक्त बिद्यालयमा आबसिय रुपमा पठन पाठन गर्ने गरेका छन । बिद्यालयका बिद्यार्थीहरुले लगाउने न्यानो कपडा नहुँदा समस्या भएको जानकारी पाए पछि सहयोगी मनहरुबाट रकम संकलन गरेर न्यानो कपडा बितरण गरेको संस्थाकि अध्यक्ष शुसिला बन्जाडेले बताउनु भयो । 
संस्था स्थापना भए देखी  दुखमा परेकाहरुलाई सक्दो सहयोग गर्दे आएको संस्थाकी सह सचिब कमला भण्डारीले जानकारी दिनु भयो । 
बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा दिएकोमा बिद्यालयका प्रध्यानाध्यापक कमला भुसालले धन्यबाद दिनु भएको थियो ।
 

अन्य समाचारहरु