बाँगीमा उदियमान जनजागृती क्लब क्लबको भवन निर्माण हुने

नविन के.सी
बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ को बाँगीमा स्थापित उदियमान जनजागृती क्लबको भवन निर्माण हुने भएको छ । युबाहरुको माग अनुसार उक्त भवन निर्माण गर्न लागीको राष्ट्रिय सभाका सदस्य तथा नेकपका नेता चन्द्रबहादुर खड्का उज्ववले बताउनु भयो ।
 युबाहरुले पुस्ताकालय निर्माण गर्ने उद्धेश्यले चासो दिएकाले क्षेत्र बिकाश कोष , मालारानी गाउँपालिका र वडा नं ५ को कार्यालयबाट बजेट बिनियोजन गरि उक्त भबन निर्माण हुने भएको हो । निर्माण स्थलको निरिक्षण गर्नको लागी पुग्नु भएका खड्काले युबाहरुको सक्रियता नै गाउँ र देश बिकाशको आधार भएको बताउनु भएको छ । 
भबन निर्माण स्थलमा प्रदेश सासंद चेतनारायण आचार्य , वडा अध्यक्ष शोभाकर भुसाल , रामबहादुर चौहान, प्राबिधीक हरिशचन्द्र पाण्डे , वडा सदस्य डालबहादुर चौहान , स्थानीय बिरेन्द्र चौहान , अशोक चौहान   र क्लबका पदाधीकारीहरुको उपस्थीत रहेको थियो । युबाहरुको माग लाई सम्बोधन गरेकोमा क्लबका पदाधीकारीहरुले जनप्रतिनीधीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।
 कार्तिक  ९ गते क्लबको साधरण सभामा पुगेका राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का र प्रदेश सभा सदस्य चेतनारायण आचार्यले क्लबको भवन स्थापनाको लागी आव्यसक बजेट बिनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

अन्य समाचारहरु