श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची मंसिर २८ – नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना , बिकेन्द्रीत आयोजना सहयोग ईकाई बुटवलको आयोजनामा सनिबार सन्धिखर्कमा एक विश्व एक स्वास्थ्य अवधारणा विषयक सरोकारवाला बिच एक दिवसिय अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठिको एक कार्यक्रमका बिच निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै निमित्त प्रजिअ बेल्बासेले मानबजिबनमा सबैभन्दा ठुलोकुरा ब्यक्तिको स्वास्थ्य भएकोले बिभिन्न खाले रोगहरुबाट बच्नको लागी समाजमा जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
बेल्बासेले पछील्लो समय तरकारी ,फलफुल लगायतका खानेकुरामा बिभिन्न किसिमका रसायनिक बिषाधीहरु प्रयोग गरेका कारण मानब जिबन अस्वस्थ्य भएको भन्दै अशल,कुशल र व्यवसायीक कृषकले प्राङ्गरीक मलमात्रै प्रयोगगर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारद्धारा प्रतिबन्द्धीत औषधीहरु जिल्लामा बिक्रिबितरण भएको गुनासो प्रशासन कार्यालयमा आएको भन्दै त्यस्ता प्रकारका औषधीहरु बिक्रिबितरण नगर्न निर्देशन समेत दिनुभएको थियो ।
अर्घाखाँची अस्पतालका प्रमुख डा. जगनाथ तिवारी र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बिकेन्द्रीत आयोजना सहयोग ईकाई बुटवलका प्रमुख डा.पुरषोत्तम त्रिपाठीले सहजीकरण गरेको कार्यक्रममा कृषिज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्र लगायतले मनतब्य राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले पशुपालन ब्यवसायको ब्यवसायीकरण ,गुणस्तरीय स्वस्थ्थ ,स्वच्छ दूध र मासु उत्पादन एवं उत्पादकत्व बृद्धी तथा बजारिकरणको बारेमा आआफ्नो धारणा राख्दै समाजमा सचेतना मुलक कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना सहयोग ईकाइ बुटबलका प्रमुख डा.पुरषोत्तम त्रिपाठीको अध्यक्षता र पशुचिकित्सक अनुगमन तथा सुचना अधिकारी लोकराज भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।