खाँचीकोटमा हिन्दु जागरण स्वयसेवकहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा हिन्दु धर्म रक्षा परिषद नेपाल अन्तरगत हिन्दु जागरण स्वयसेवक हरुको भेला तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै हिन्दु धर्म रक्षा परिषदका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले देसभर बाट यसरि हिन्दु धर्म सयमसेबक गठनगरि ५ लाख सयमसेबक तयार गर्ने उदेश्य अनुसार अाफुहरु ले यो अभियान लाई सन्चालन गरेको बताउनु भयो ।
खनालले युवाहरु सयमसेबक गठन गरि अाफ्नो बौद्धिक सनातन धर्मको रक्षा र पालना गरेर हिन्दु धर्म रक्षाका लागि देसका सबै हिन्दुवादिहरु एकजुट भएर अाफ्नो धर्मको रक्षा गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम हिन्दु जागरण युवा सयम सेवक का जिल्ला अध्यक्ष नारायण खड्का को अध्यक्षतामा भएको कार्यक्रममा सयमसेवक का अभियान्ता राजकुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियोे भेलाले बिस्णु प्रसाद मरासिनि को अध्यक्ष तामा कार्यसमिति गठन गरेको छ ।जस्को उपाध्यक्षमा यमलाल भट्टराई सचिबमा मेघ बहादुर भट्टराई सहसचिव मा ईन्द बहादुर खत्री कोषाध्यक्ष मा प्रमोद पोख्रेल केसि चयन हुनुभएको अभियान्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । 

अन्य समाचारहरु