अर्घाखाँचीडट्कम संवाददाता
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पोखराथोकमा रहेको श्री हरिहर सस्कृत तथा साधारण मा.बि.को ८३औं बार्षिक उत्सब तथा ११९ हरिहर जयन्ती तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमलाई बि .ब्य .स.मा रहेर गरेको योगदानको मुल्यांकन गरि सम्मानित गरिएको छ । बिधालयमा आयोजित कार्यक्रममा उहालाई सम्मान गरिएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मि गौतम लगायतको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।